नारायणगढ–मुग्लिन सडकमा केवल बेरियरले दुई ट्रक जोगायो

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको पाँच किलो र मुग्लिन नजिकै चिनीयाँ सहयोगमा सडक सुरक्षाका लागि परीक्षणका रुपमा जडान गरिएको केवल बेरियरले दुई मालबाहक ट्रक जोगाएको छ ।

चिनियाँ सरकारले निःशुल्करुपमा उपलव्ध गराएको ५०० मिटर केवल पर्यटन व्यवसायी मिङ्मा दोर्जे लामाले भन्सार, ढुवानी र जडान गरिदिएका थिए । सो सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार परीक्षणका रुपमा २०७५ साउनमा पाँच किलोमा ३०० मिटर र मुग्लिन नजिकै २०० मिटर केवल बेरियर लगाइएको छ ।

पाँच किलोमा गत माघमा ३५ टन भार भएको नेपाली ट्रक ठोक्किएर नदीमा खस्नबाट बचेको थियो । दुईदिन अघि सोही हाराहारी भार बोकेको भारतीय ट्रक मुग्लिन नजिकै केवलमा ठोक्किएर नदीमा खस्नबाट रोकिएको खनालले बताए ।

भारवाहन ट्रकको तुलनामा यात्रुबाहक बसको भार कम हुने भएकाले केवल प्रभावकारी देखिएको उनले जानकारी दिए । नेपालका यस्ता सडकमा यो केवलले दु-र्घ-टनाबाट जोगाउन सक्ने देखिएको खनालको भनाइ थियो ।

सुरक्षित देखिएपछि नेपालका अन्य यस्ता सडकमा पनि केवल प्रस्ताव गरिएको छ । नारायणगढ–मुग्लिन सडक खण्डमा बार कम्जोर हुँदा वर्षेनी धेरै सङ्ख्यामा सवारी साधन त्रिशूलीमा ख-स्ने गरेका छन् । सो सडकको विस्तारका क्रममा परीक्षणका रुपमा केवल जडान गरिएको हो ।

सो केवलबाट प्रभावित भएर पर्यटन व्यवसायी शेर्पाले करिव रु १५ लाख सहयोग गर्नुभएको थियो । एक मिटर अग्लो पोष्टमा पाँच लाइन केवल तन्काएर जडान गरिएको छ । साना सवारीसाधन ठोक्किएको अवस्थामा सो सवारीसाधन भने पछाडि धकेलिने छन् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu