१० लाख दर्शकको नजरमा ‘कपलु कोरेर’ यस्ता छन् प्रतिक्रिया (भिडियोसहित)

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

काठमाडौं । गीतसंगीत मान्छेको हरेक पलको साथी हो । सुख अनि दुख दुबैपलमा सुनिने गीत बिनाको जिवन शुन्यजस्तै हुन्छ । सांगेतिक बजारमा हरेक दिन जसो गीतहरु आउने क्रम चलिनैरहन्छन् ।

बिशेषगरेर मायाप्रेम र बिछोडका गीतहरु बढि आउने गर्छन् कारण यस्ता गीत दर्शकश्रोताले रुचाउछन् । केहि गीतहरु आउछन् एकदुईदिन बज्छन्, गुन्जिन्छन् र हराउछन् तर केहि गीत यस्ता हुन्छन् जुन आउछन् अनि हरेक मान्छेको जिवनलाई छोएर बस्ने गर्छन् ।

पछिल्लो समय एउटा गीत जुन गीतले छोटो समयमानै दर्शकश्रोताको मन अत्यधिक जित्यो र रुवायोपनि । खेम सेन्चुरीको शब्द, संगीत र आवाजमा रहेको ‘कपलु कोरेर’ यो गीतले बजारमा आउनासाथ एउटा अलग्गै चर्चा कमायो । गीतमा सेन्चुरीसंगै सम्झना भण्डारीकोपनि आवाज सुन्न सकिन्छ ।


गीतमा यस्ता छन् शब्द

लेउन सानु पासपोर्ट र झोला
दुई- चार वर्ष अब भेट नहोला
कपलु कोरेर कसोरी जाने हो मयालाई छोडेर

बिहे भा’को वर्ष दिन भा छैन
तिमीलाई जान दिन मन ला छैन
कपलु कोरेर नजाउन मायालु एकलै छोडेर

चल्दो रहिन्छ मायाले घर
रुँदै बाटो छेक्ने काम नगर
कपलु कोरेर कसोरी जाने हो मयालाई छोडेर

तिमी जाने जहाजैमा चढाई
मिल्दैन र लैजान मलाई
कपलु कोरेर नजाउन मायालु एकलै छोडेर

धनको भारी बोकेर फर्किन्छु
यति भन जीवनभर पर्खिन्छु
कपलु कोरेर कसोरी जाने हो मयालाई छोडेर

कि त काली कि आंधी पसुँला
कसको मुख हेरेर बसुँला
कपलु कोरेर नजाउन मायालु एकलै छोडेर

कपलु कोरेरले हरेक मान्छेको जिवनको कथालाई बोलेको छ । पछिल्लो समयमा बढि प्रयोगमा आएको टिकटकमा गीतलाई बढि रुचाईएको छ । गीत सुनेर र हेरेर दर्शकश्रोताको प्रतिक्रिया र सल्लाहपनि उत्तिकै सकारात्मक आएका छन् ।

गीतको थेगो ‘कपलु कोरेर’ स्वर्गिय तीर्थ बहादुर गन्धर्वको हो । भर्खरै बिहे गरेका नवजोडी आर्थिक अवस्था कमजोर भएका कारण छुट्टिनुपरेको अवस्थालाई मुख्य कथा बनाएर यस गीतमा दर्शाईएको छ ।

घरको आर्थिक अवस्था कमजोर भएकै कारण रोजगारीको लागि बुढा बुवा बिरामी आमा र जीवनसाथी आफु जन्मेको गाउँघरलाई छोडेर बिदेशीनु परेको दुखद अवस्थालाई कलाकार बिनोद भण्डारी र जुना गुरुङले वास्तविक अभिनय मार्फत उतारेका छन् । भण्डारीको व्यवसायिक निर्देशन पहिलो भएपनि यो गीतमा भण्डारीको निर्देशन र परिकल्पनाको पाटोलाई अझै बिशेष रुचाईएको छ ।

पछिल्लो समय स्वदेशमा बसेर रोजगार र आर्थिक अवस्था बलियो नहुनेभएपछि रहर र चाहना नहुँदानहुदैपनि धनपैसाको लागि बिदेशीने युवाहरुको संख्या बढ्दो छ । घरलाई श्रीगार्ने सपनामा बैदेशिक रोजगारीमा गएकाहरुको घर र मायासम्बन्ध बिग्रीरहेको पनि देख्न र सुन्नमा आईरहेको हुन्छ । गीतमा यस्ता कथाहरुलाईपनि समेटेको छ । आफ्नी मायालाई

धनको भारी बोकेर फर्किन्छु, यति भन जीवनभर पर्खिन्छु भन्दै आग्रह गरेको पल निकै पिडादायी बनेको छ । हरेक नेपालीको वास्तविकतालाई बोलेको छ । शब्द, संगीत, आवाज अनि अभिनय सबै उत्तिकै शशक्त रहेको गीतलाई छोटो समयमानै अत्यधिक रुचाईएको छ ।

बिनोद बाजुरालीको संगीत संयोज रहेको उक्त गीतको कथा र निर्देशन कलाकार स्वयम् बिनोद भण्डारीले गरेका हुन् । गीतलाई पृथ्वी ईन्टरटेन्मेन्टको अफिसियल युट्युवमार्फम सार्वजनिक गरिएको हो ।

आफुहरुको मेहनतलाई यसरी सबैले मन पराईदिदा निकै खुशी र सफल भएको सम्पुर्ण टिमको भनाई छ । गीतलाई १०लाख बढिले हेरेका छन् । गीतमा कति भ्युज आयो भन्दापनि दर्शकश्रोताको प्रतिक्रिया कस्तो रह्यो भन्ने कुराको अर्थ राख्छ । गीत हेरेर २ हजार ५ सयले प्रतिक्रिया दिएका छन् । ती सबै प्रतिक्रिया सकारात्मक र प्रेरणादायी छन् । दर्शक श्रोताको मायाको हिसाबले गीत निकै सफल मानिएको छ ।
यस्ता छन् प्रतिक्रिया

बाँकी प्रतिक्रिया गीतको तलभागमा गएर हेर्न सकिन्छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu