रेडक्रस खोटाङ सभापतिमा पाँचौपटक बस्नेत

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

खोटाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको सभापतिमा पुनः कुमारसिं बस्नेत चयन हुनुभएको छ । दिक्तेलस्थित रेडक्रसको सभाहलमा शनिबार सम्पन्न ११औँ जिल्ला अधिवेशनबाट बस्नेत पुनः पाँचौँ कार्यकालका लागि सभापतिमा सर्वसम्मत चयन हुनुभएको हो ।

१७ सदस्यीय रेडक्रसको नयाँ कार्यसमितिको खुला उपसभापतिमा भीमबहादुर सैँजु, महिला उपसभापतिमा रमाकुमारी बस्नेत, मन्त्रीमा छत्रकुमार बजिमय, कोषाध्यक्षमा नवराज केसी, उपमन्त्रीमा लीलाबहादुर खत्री र उपकोषाध्यक्षमा पर्शुराम विश्वकर्मा सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै, खुला सदस्यमा ज्ञानेन्द्र जोशी, भागवत घिमिरे, कृष्णप्रसाद आचार्य, गणेश राई, अशोक आचार्य, भद्रबहादुर बस्नेत र कृष्णप्रसाद अधिकारी चयन हुनुभएको नवनिर्वाचित मन्त्री बजिमयले जानकारी दिनुभयो ।रासस

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu