जनकपुरधाममा पनि गुन्जियो ‘गो ब्याक इन्डिया’ को नारा

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

जनकपुरधाम – भारत सरकारले जारी गरेको नयाँ नक्साको वि’रोध जनाउँदै जनकपुरधाममा समेत प्रद’र्शन गरिएको छ । शनिबार सत्तारुढ दल निकट बिद्यार्थी संगठन अनेरास्ववियू जिल्ला समिति धनुषाको नेतृत्वमा ‘गो ब्याक इन्डिया’ नारासहित जनकपुरधाममा प्रद’र्शन गरेको छ ।

कालापानी, लिपुलेक र लिम्यिाधुरा होम्रो हो भन्दै जनकपुरधाममा प्रद’र्शन गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वि’रोध गर्दै, मोदी सरकार चोर भन्दै प्रद’र्शन गरिएको छ ।

केही दिन पहिला भारत सरकारले नेपालको केहि भूभाग आफ्नो रहेको भन्दै नक्सा सार्वजनिक गरेको थियो । कार्यवाहक अध्यक्ष मनिस यादवको अगुवाइमा नगर प्रद’र्शन भएको हो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu