गणेशमान सिंहको १०५ औं जन्मजयन्ती

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

काठमाडौं : नेपाली कांग्रेसका संस्थापक नेता एवंम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्ती आज नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरी मनाउदैछ।

सि‌ंहको सम्झनामा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। शोभा भगवतीमा रहेको सिंहको शालिकमा विहानै माल्यार्पण गरिएको छ ।

दिउँसो १ बजे ज्ञानेश्वरमा स्मृति सभा गर्ने तय भएको कांग्रेसले जनाएको छ । साँझ ५ बजे कांग्रेसको भात्री संगठन नेपाल विद्यार्थी संघले शान्ति बाटिका रत्नपार्कमा द्विप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

राणा शासनको अन्त्य तथा प्रजातन्त्रको वहालीका लागि सिंंहको योगदानलाई अतुलनीय मानिन्छ। उनी नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन्। सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक विपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका थिए।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu