गोठालोको भरमा नेपाली भूमिको सुरक्षा , राज्यको उपस्थिति शुन्य

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

पाँचथर – चर्चित पर्यटकीय गन्तव्य सन्दकपुरमा भ्यु प्वाइन्ट, सडकको स्तरोन्नतिलगायत काम गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अ-व-रो-ध ग-यो।

इलाममा पर्ने दृश्यावलोकन गर्ने मुख्य ठाउँमा भारतीय सुरक्षा बलले अ-व-रो-ध गरेको थियो। त्यतिमात्र होइन सीमाक्षेत्र वरपर नेपाली क्षेत्रमा गरिने निर्माणको काममा पनि एसएसबीले अ-व-रोध गरिरहेको छ।

सीमाक्षेत्रमा पर्ने इलाम र पाँचथरका विभिन्न ठाउँमा निर्माण सामग्री ल्याउन एसएसबीले अ-व-रो-ध गरेका छन्। सीमाक्षेत्रमा भारतको बाटो प्रयोग गर्नुपर्ने बा-ध्यता छ।

आहाल भन्ने ठाउँमा बनाइने भनिएको सरकारी गेस्ट–हाउसमा पनि अ-व-रो-ध भएको छ। निर्माण सामग्रीमा पछिल्लो पल्ट अ-व-रो-ध भएपछि सास्ती खेप्नुपरेको छ।

विगतमा यस्तो अवरोध थिएन। भारतीय पक्षले दशगजा क्षेत्रमा नै सडकलगायत पूर्वाधार बनाए पनि नेपालतर्फ भने अ-व-रो-ध गरिरहेको छ। पाँचथर जिल्लाले छुने भारतीय सीमाक्षेत्रमा नेपालतर्फ सरकारी उपस्थिति छैन।

निगरानी शून्य अवस्थामा रहेको सीमाक्षेत्रमा भारतीय गाडीहरू नि-र्बाध कुदिरहेका हुन्छन्। नेपालतर्फ सरकारी संरक्षणको हुनुको साटो बर्सेनि उजाडिँदै गइरहेको अवस्था छ। जिल्लाको सन्दकपुरदेखि तिम्बुपोखरी छेउसम्मको ४५ किलोमिटर लामो सीमाक्षेत्रमा भारतले आफ्नो भूगोल संरक्षित गरेको छ भने नेपालतर्फ भने सरकारी उपस्थिति शून्य छ।

सुरक्षा निकायको मात्र हैन स्थानीय सरकार, वनलगायत निकायको समेत उपस्थिति छैन। च्याङ्थापुमा रहेको सीमा प्रशासन कार्यालयबाट सिमानासम्म पुग्न गाडीमा नै पाँच घण्टाभन्दा बढी समय लाग्छ।

सीमाक्षेत्रदेखि प्रहरी चौकीहरू एकदिनको बाटोमा रहेका छन्। नेपालतर्फको सिमाना सरकारी नि-गरानीविहीन भएको फालोट भन्ने ठाउँमा गोठ सञ्चालन गर्ने चन्द्रलाल नेपाल बताउँछन्। ‘भारतीयहरूले कहिले नेपालमा पोखरी बनाउँछन्। कहिले नेपालतर्फ भल लगाइदिएर पहिरो नै जाने अवस्था हुन्छ। नेपालतर्फ सरकारी उपस्थिति शून्य छ।

आडभरोसाको निकाय छैन,’ नेपाल भन्छन्, ‘हामी गोठमा काम गर्नेहरूले सीमाक्षेत्र हेरिरहेका छौं। सीमाक्षेत्रमा सु-रक्षा पोस्ट राख्ने कुरा जहिले हुने गर्छ तर कहिले राखिँदैन।’

आजको नागरिक दैनिकले लेखेकोछ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu