सीमा विवाद: भारतीय प्रधानमन्त्री मोदीसँग सिधा कुरा गर्न प्रधानमन्त्री ओलीलाई सुझाव

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितका नेपाली भूभाग हड्प्ने मनसायका साथ आफ्नो नयाँ नक्सामा समेटेको विषयमा समान राष्ट्रिय धारण बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकमा नेपालका लागि भारतीय राजदूतलाई स्पष्टीकरण सोध्न सुझाव आएको छ ।

बैठकमा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि हडपेका विषयमा भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण सोधिनुपर्ने सुझाव दिनुभएको हो । बैठकपछि डा. लोहनीले भारतीय राजदूतसँग स्पष्टीकरण सोधिनुपर्ने विषयमा बैठकमा सहभागीहरुबीच एकमत रहेको जानकारी दिनुभयो ।

बैठकमा नेपाली भूभागलाई आफ्नो नक्शामा राख्ने भारतको कदमप्रति एकमतले आपत्ति प्रकट गरिएको छ । सहभागीहरुले सीमा मिचिएका विषयमा सरकारले खुट्टा नकमाएर कुटनीतिक माध्यमबाट समाधानका लागि सशक्त कदम चाल्न सरकारलाई सुझाव दिएका थिए ।

बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल र भारतबीच परराष्ट्र सचिवस्तरमा रहेको संयुक्त आयोगको बैठक अबिलम्ब डाक्न सुझाव दिएको बताउनुभयो ।

तर यता पूर्वप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले सीमा समस्या हल गर्न सचिवस्तरीय कार्यदलले केही गर्न नसकेकोले अब प्रधानमन्त्रीले नै प्रधानमन्त्रीलाई सम्पर्क गरेर राजनीतिक आयोग बनाउन सुझाव दिनुभएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu