दार्चुलाका जनप्रतिनिधिको माग ‘त्रि-दे-शीय सीमामा तत्काल सु-रक्षाकर्मी प-रिचालन गरौं’ ( विज्ञप्ति सहित)

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

दार्चुला– भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र आफ्नो भूमिका रुपमा समेटिएको विषयमा देशभर वि-रो-ध भइरहँदा दार्चुलाका जनप्रतिनिधिले समेत आफ्नो धारणा सार्वजनिक गरेका छन्।

जिल्लाबाट संघ, प्रदेश तथा स्थानीय तहका प्रतिनिधिहरुले विज्ञप्तिमार्फत त्यस क्षेत्रमा सुरक्षा निकायको उपस्थिति हुनुपर्ने माग गरेका छन्। पछिल्लो समय दार्चुलाको उत्तरी क्षेत्रमा नेपाली सुरक्षाकर्मी सीमा रक्षाका लागि खटिन छोडेको छ। दार्चुलाको सामरिक महत्वको क्षेत्र तिं-क-रमा हाल नेपाली सुरक्षाकर्मीको उपस्थिति शून्य छ।

दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्ना, प्रदेशसभा सदस्यद्वय मानबहादुर धामी र गेल्बुसिह बोहराले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै भारतको वि-रो-ध-भन्दा नेपाली संरचना निर्माणमा जोड दिएका छन्।


नेकपा सांसदद्वारा निकालिएको विज्ञप्तिमा भारतीय पक्षको वि-रो-ध भन्दा पनि राष्ट्रको सुरक्षाका लागि सीमा क्षेत्रमा स-श-स्त्र प्रहरी राखिनुपर्ने, व्याँसबासीले स्वदेशीकै बाटो भएर सदरमुकाम खलंगासम्म आवत् जावत् गर्नसक्ने बनाउनु पर्नेमा जोड दिएका छन्।

नेपाली भूमि आफ्नो नक्साको राखेको भारतको ठाडो वि-रो-ध नगरेका नेकपा सांसदहरुले विज्ञप्तिको पहिलो लाइनमै कालापानी, लिपुलेक र लिम्पियाधुरा व्याँस गाउँपालिका–१ मा पर्ने उल्लेख गर्न भने आँ-ट गरेका छन्।

‘दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर १ अन्तरगत पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र विगत लामो समयदेखि भारतले अ-ति-क्र-म-ण गरेको नेपाली भूमि अ-ति-क्र-म-ण गरेको सर्वविदितै छ’, विज्ञप्तिमा सां-के-तिक वि-रो-ध भने गरेको देखिएको छ।


दशकौदेखि यथावत रहेको नेपाली भूमि अ-ति-क्र-ण-को विषयलाई कु-टनीतिक पहल मार्फत् यथाशीघ्र समाधानको मागसहित ६ बुँदे माग समेत गरेका छन्।

झण्डै एक दशकदेखि निर्माण कार्य थालिएको दार्चुला–तिं-क-र सडक हालसम्म न्यून प्रगति भएको भन्दै सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिन नेपाल सरकारसंग माग गरेका छन्।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu