नापी विभागका पूर्वमहानिर्देशकको खु-ला-सा : १६ वर्षअघि जब नेपाली टोली सी-मा-ङ्क-न गर्न महाकाली नदी पुगेको थियो

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

काठमाडौं – नेपालको नक्सा नेपाल आफैले सर्वे गरेर बनाउन नसकेको भन्दै आलोचना भइरहेका बेला नापी विभागका पूर्व महानिर्देशक तोयानाथ बरालले भारतको असहयोगका कारण सं-भ-व नभएको बताएका छन् ।

त्रिभूवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कु-ट-नी-तिक विभागले शनिवार गरेको लिपुलेक–लिम्पियाधुरा–कालापानी सीमा वि-वा-द विषयक अन्र्तक्रिया कार्यक्रममा उनले २०५८ सालतिर भारतले धो-का दिएको प्र-संग सुनाए ।

नेपालको सुदुरपश्चिम क्षेत्रको सीमानाको सर्वेका लागि २०५८ सालतिर सरकारले अधिकार दिएर सो क्षेत्रमा कर्मचारी पठाएको उनले बताए । संयुक्त रुपमा गर्नुपर्ने भएकोले भारतीय राष्ट्रिय सर्वे टोलीलाई पनि बोलाइको थियो । उनले नेपाली टोली महाकालीमा गएर बसेको तर भारतीय टोलीले झुक्याएर नआएको बताए ।

उनले भने, ‘हाम्रो टोली सर्वे गर्न महाकालीमा पुगेर बस्यो । हामी दश दिन बस्यौँ उनीहरु आएनन्, पन्ध्र दिन बस्यौँ उनीहरु आएनन् । उनीहरु नआइदिएपछि एक देशले मात्र सीमा सर्वे गरेर मान्यता हुँदैन । अहिले भारतले सार्वजनिक गरेको नक्सालाई पनि त हामीले मान्यता दिएको छैनौँ नी ।

उनले नेपालले सुस्ताको नक्सा बनाएको र त्यसमा रामनगरको अलिकति भाग ओगटेर ल्याएको बताउँदै त्यसलाई भारतले नमानेको बताए । त्यो भारतका लागि का-उन्टर गरेको उनले बताए । उनले भारतले पनि एकतर्फी रुपमा बनाएको सीमा नक्सा नेपाललाई मान्य नहुने बताए ।

भारतले हालै एकपक्षीय ढंगले सो देशको नक्सा सार्वजनिक गरेपछि नेपाल तथा पाकिस्तानले वि-रोध जनाएका छन् । आफ्नो देशको भू–भाग भारतीय नक्सामा राखिएपछि दुबै देशले आ-पत्ति जनाएका छन् भने यसबारे सडक प्र-द-र्शनदेखि बौद्धिक बहस सुरु भएको छ ।

सो अन्र्तक्रिया कार्यक्रममा विज्ञहरुले भारतले आफ्नो नक्सामा पारेको भू–भागहरु कालापानी, लिपुलेक नेपालको भएको बारे पर्याप्त प्रमाणहरु रहेको बताएका छन् । उनीहरुले यो वि-वादलाई तथ्य प्रमाणका आधारमा कु-टनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

विज्ञहरुले नेपालले अहिलेसम्म भारतले बनाइएको नक्सा नै प्रयोग गर्दा समस्या भएकोमा जोड दिएका छन् । सरकारका पूर्वसचिव द्धारिकानाथ ढुङ्गेलले सु-गौली स-न्धीको धारा ५ अनुसार नै नेपालको पश्चिमी सिमाको आधार रहेको बताए ।

उनले चीनले सार्वजनिक गरेको नक्सामा पनि हालको लिपुलेक भन्दा पनि पश्चिम लिम्पियाधारा नै सिमा रहेको उल्लेख गरे । २०३८ सालमा दार्चुला जिल्लाको प्रमुख जिल्ला अधिकारी रहेका ढुङ्गेलले भारतले हाल मिचेको ब्या-स क्षेत्रमा पञ्चायतका बेला राज्यको उपस्थिति भएपनि अहिले नभएको उल्लेख गरे ।

उनले भने, ‘ब्यासबासीहरु अहिले पनि भारतले बनाएको बाटो हिड्नुपर्छ । त्यो क्षेत्रलाई आफ्नो भनेर अहिलेसम्म राज्यले स्वीकार गरेको छैन ।’

भारतले मि-चेको सो क्षेत्रबारे अध्ययन गरेर पुस्तक प्रकाशन गरेका अ-नु-सन्धानकर्ता रतन भण्डारीले सन् १८८५ अघिका विभिन्न नक्सामा नेपालको सिमाना लिम्पियाधारासम्म रहेको भएपनि त्यसपछिका नक्साहरुमा भारतले सो भूभाग क-ब्जामा लिँदै नक्सा परिवर्तन गर्न थालेको बताए ।

उनले नेपाल आफैले प्रयोग गर्दै आएको नक्सा नै त्रु-टि-पूर्ण रहेको बताउँदै देशको ही-त विपरित रहेको बताए । उनले विभिन्न तथ्य र प्रमाणका अधारमा नेपालको सिमाना लिम्पियाधारा रहेको उल्लेख गरे । उनले भारतले लिपुखोलालाई भारतले नक्कली महाकाली नदी खडा गरी नेपालको भूमि क-ब्जा गरेको तथ्यहरु प्रस्तुत गरे ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu