संविधानमा असन्तुष्टि जनाउदै नाकावन्दि हामिले गरेको भन्ने मधेस केन्द्रित दल भारतले कालापानी र लिपुलेक मिच्दा कीन बोल्दैनन् ?

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

काठमाडौं। भारतले नेपालको भूमिसहित आफ्नो दावी गर्दै नक्सा सार्वजनिक गरेपनि मधेस केन्द्रित दल राजपा र समाजवादी पार्टी मौन छन्। मधेस केन्द्रित दलले अहिलेसम्म व्यक्तिगत वा पार्टीको कुनै धारणा सार्वजनिक गरेका छैनन्।

नेपालको संविधान प्रति असन्तुष्टि जनाउँदै भारतले ६ महिना लामो नाकाबन्दी लगाउँदा उक्त नाकाबन्दी आफूले लगाएको दाबी गरेका मधेस केन्द्रित दलले भारतले नेपाली भूमिलाईसमेत समेटेर जारी गरेको नयाँ नश्साप्रति कुनै प्रतिक्रिया नजनाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

नोभेम्बर २ मा भारतको नक्सा जारी भएपछि अन्य दल र नेताहरुले सार्वजजिनक रुपमा प्रतिक्रिया दिएका छन्। सरकारले भारतले जारी गरेको नक्शा अस्वीकार्य हुने जनाइसकेको छ भने प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले उक्त नक्शा सच्याउन भारतीय राजदूत मंजिव सिंह पुरीलाई आग्रह गरिसकेका छन्।

तर, शुक्रबार भारतले नक्सा जारी गरेको ६ दिन पूरा भइसक्दा पनि मधेस केन्द्रित दलले भने औपचारिक धारणा सार्वजनिक गरेको छैन।

सरकारका प्रवक्ता एवं संचारमन्त्री गोकुल बास्कोटाले बिहीबार भारतले जारी गरेको नयाँ नक्सा अस्वीकार्य हुने बताएका थिए। यहीबीचमा नेकपा वरिष्ठ नेता पूर्व प्रधानमन्त्री झलनाथ खनाल भने अगाडि देखिएका छन्।

बिहीबार साँझ पूर्व प्रधानमन्त्रीको हैसियतमा विज्ञप्ति जारी गर्दै उनले भारतको नयाँ नक्शामा नेपालको भूभाग अतिक्रमित भएकाले त्यसको कूटनीतिक तवरबाट वार्ता गरी समाधान निकाल्न सरकारसंँग आग्रह गरेका छन् ।

खनालले अतिक्रमित भूमिबारेमा ऐतिहासिक कालदेखिका तथ्याङ्क प्रस्तुत गरी भारत सरकारसंँग वार्ता र कूटनीतिक ढङ्गले समस्याको समाधान गरी नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न सरकारसँग आग्रह गरेका छन्।

सरकारले बोलायो सर्बदलीय बैठक
प्रधानमन्त्रको सरकारी निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा दलहरुले भारतीय राजदूतलाई बोलाएर स्पष्टकीरण सोध्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुुझाव दिएका छन्।

भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको करिब ३७ हजार हेक्टर नेपाली भूमिलाई गत आइतवार जारी गरिएको नयाँ राजनीतिक नक्सामा राखेपछि आ-क्रोश बढेका बेला दलहरुले यस्तो सुझाव दिएका हुन्।

‘भारतले नेपालको ठूलो भूमिसहितको नक्सा जारी गरेपछिको अवस्थामा बसेको सर्वदलीय बैठकमा सबै दलका नेताहरुले भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्न सुझाव दिनुभएको छ’,

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका नेता डा. प्रकाशचन्द्र लोहनीले भने, ‘नेपाली भूमि राखेर जारी गरिएको नक्साको बारेमा सरकारले भारतीय राजदूत बोलाएर स्पष्टीकरण लिनुपर्ने विषयमा सबै दलहरू एकै ठाउँ र एकमत हुनुहुन्छ।’

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu