उपसभामुख तुम्बाहाङफेको सभामुखमा दाबेदारी

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

नेपालगन्ज : संघीय संसदको प्रतिनिधिसभाकी उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले सभामुखमा दाबेदारी रहेको संकेत गरेकी छन् । प्रेस संगठन बाँकेले शनिबार नेपालगन्जमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उपसभामुख तुम्बाहाङफेले घुमाउरो पाराले दाबेदारी प्रस्तुत गरेकी हुन् ।

उनले भनिन्, ‘उप–सभामुख भएको व्यक्ति सभामुखको हैसियतमा पुग्ने क्षमता र हैसियतमा जानुपर्छ भन्ने हामी सबै उपसभामुखको निष्कर्ष छ । सबैजनामा त्यो क्षमता छ । त्यस्तो वातावरण तयार गरेका छौं ।’

उनले आपूmले चाहना राखेर मात्र नभइ सभामुख बन्ने वा नबन्ने अधिकार भने पार्टी निर्णयबाट हुने पनि बताइन् । उनले मंसिरको दोस्रो वा तेस्रो साता संसदको नियमित अधिवेशन डाकेर सभामुख चयन गरिने उनले जानकारी दिइन् ।

उनले संवैधानिक परिषद्को बैठकले महिला र दलित आयोगका सदस्य र संवैधानिक आयोगका पदाधिकारीबारे छलफल हुने बताइन् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu