लिपुलेक र कालापानी विवादबारे प्रधानमन्त्री निवासमा सर्वदलीय बैठक शुरु

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

काठमाडौं । भारत सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक आफ्नो नक्सामा समेटेपछिको उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वपक्षीय बैठकमा पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्रमन्त्रीहरू, राजनीतिक दलका नेता, सीमाविद्, परराष्ट्र मामिलाका जानकारलगायत सहभागी छन् ।

कालापानी, लिपुलेक भारतीय भूमिमा समेटेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस निकट विद्यार्थी संगठनहरुले ‘गो ब्याक इन्डिया’ भन्दै प्रदर्शन गरिरहेका छन् ।

काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासअगाडि विरोध प्रदर्शन जारी छ । कांग्रेस सभापति शेरबहादुर देउवाले भने नेपाल विद्यार्थी संघका नेताहरूलाई निवासमै बोलाएर भारतीय कदमविरुद्ध सडक आन्दोलनमा उत्रन निर्देशन दिइसकेका छन्।

विभिन्न राजनीतिक दल, तिनका भ्रातु संगठन र सरकारले नै भारतीय कदमको विरोध गरेका छन् । तर, भारतले नयाँ नक्सामा कुनै फेरबदल नगरिएको दाबी गर्दै आएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu