कपिललले: द कपिल शर्मा शो बाट छुट्टी लिदै , कारण यस्तो

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

भारतीय हास्यकलाकार चाँडै नै पिता बन्न लागेका छन् । केही महिनाअघि उनले आफ्नी श्रीमती गिन्नी चतरथसँग समय बिताउनका लागि ‘द कपिल शर्मा’ शोबाट १० दिन ब्रेक लिएका थिए ।

त्यतिबेला कपिल गिन्नीसँग क्यानडा गएका थिए । कपिलले अर्को महिनादेखि पुनः छुट्टी लिने भएका छन् । कपिलका एक आफन्तले भनेका छन्, ‘कपिल गिन्नी सुत्केरी हुने बेला उनीसँगै बस्न चाहन्छन् ।

उनले च्यानलसँग डिसेम्बर ११ देखि छुट्टी पनि मागेका छन् । नयाँ वर्षको उत्सवमा उनले कुनै पनि प्रोफेशनल कमिटमेन्ट लिन चाहँदैनन् । उनी यतिबेला कुनै पनि प्रकारको काम गर्ने छैनन् । उनी आफ्नो पूरा समय नीजि जीवनमा व्यतित गर्न चाहन्छन् ।’

कपिललले एक अन्तर्वार्ताको क्रममा आफू डिसेम्बरमा पिता बन्ने बताएका थिए । कपिलले गिन्नीसँग सन् २०१८ को डिसेम्बर १२ मा विवाह गरेका थिए । ‘द कपिल शर्मा’ शोमा उनी पुनः जनवरीको पहिलो हप्तादेखि फिर्ता हुनेछन् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu