रायोको साग खानुहोस्, यी २० रोगबाट छुटकारा पाउनुहोस्, जानकारीको लागि सेयर गरौं

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

सरल र सर्बसुलभ रुपमा जहाँ पनि पाईने तरकारीको रुपमा हामी रायोलाई लिन्छौँ । हामीले आफ्नो खेतबारीमा थोरै मिहेनतले पनि फलाउन सक्ने तरकारी पनि हो रायो ।

तर रायोका फाईदा बारे हामीलाई केही थाहा हुदैन र हामीले खालिरहेको जमिनमा के काम चलाउ हिसावले रायो फालएको धेरै ठाउमा पाईन्छ । रायोको सागले हामीलाई स्वस्थ रहन विभिन्न रोगबाट बच्न धेरै भूमिका खेलेको हुन्छ । रायोको तरकारी खाँदा यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ ।

जोर्नी र हड्डी बलियो बनाउँछ
रायोको सागमा भिटामिन–के प्रशस्त मात्रामा पाइन्छ । भिटामिन के ले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । साथै, यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्छ । हड्डी खिइने समस्या भएकाहरूका लागि रायोको साग लाभकारी हो ।

महिना-वारीमा राहत दिन्छ
रायोको सागमा पाइने भिटामिन–केले महिना-वारीका बेला जीउ दुख्ने समस्याबाट राहत दिन्छ ।

शरीरका विकार फाल्छ
रायोको सागमा भिटामिन ए, सी र के प्रचुर मात्रामा पाइन्छ । यी तीनटै तत्वले एन्टी अक्सि-डेन्टको काम गर्छन् । रायोको सागमा पाइने म्याग्ने-सियम र फोलेट-जस्ता तत्वले शरीरमा जम्मा भएका विकारलाई विभिन्न माध्यमबाट शरीरबाहिर निकाल्छन् ।

स्मरण-शक्ति बढाउँछ
उमेर बढ्दै गएपछि दिमागको सम्झने क्षमतामा ह्रास आउन थाल्छ । प्रतिदिन तीन पटक रायोको साग खाएर स्मरण-शक्तिमा आउने ह्रासको समस्यालाई ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले देखाएका छन् ।

आँखा तेजिलो बनाउँछ
रायोको सागमा भिटामिन ए पाइन्छ । जो स्वस्थ आँखाका लागि अपरिहार्य हो । यसले रतन्धोलगायत आँखाका सम्पूर्ण समस्याबाट राहत दिलाउँछ ।

मुटु बलियो बनाउँछ
मुटु-सम्बन्धी हरेक खालका समस्या भएकाले अथवा मुटु-सम्बन्धी रोग नलागोस् भन्ने चाहनेले रायोको साग खानुपर्छ ।

क्यान्सर-बाट जोगाउँछ
रायोको सागमा पाइने भिटामिन केले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुखको क्यान्सर लाग्ने जोखिम कम गर्छ । कलेजोको क्या-न्सर भएकाहरूका लागि पनि रायोको साग खानु राम्रो हो । भोजनमा रायोको साग नियमित खाँदा क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।

डन्डीफोर कम गर्छ
रायोको सागमा पाइने तत्वले डन्डी-फोरको समस्यालाई पनि समाधान गर्न मद्दत गर्छ । छालालाई इन्फे-क्सनबाट जोगाउने तन्तुलाई यसले बलियो बनाउँछ ।

गर्भवतीलाई लाभ गर्छ
गर्भवती महिलालाई वाक-वाकी आउने, टाउको दुख्ने आदि समस्या देखिन्छन् । शरीरमा भिटामिन के को कमीका कारण यस्तो हुनेगर्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले यो गर्भव्ती महिलाका लागि उपयुक्त हुन्छ ।

रुघा-खोकीबाट जोगाउँछ
रुघा-खोकी लागिरहने मानिसले रायोका साग खानुपर्छ । रायो भिटा-मिन सीको राम्रो स्रोत हो । भिटा-मिन सीले रुघा-खोकी, निमो-निया, फोक्सोको इन्फे-क्सन आदिबाट जोगाउँछ ।

पत्थरी हुन दिँदैन
पि’साब-नलीमा प-त्थरी हुने जोखिमलाई पनि रायोको सागले कम गरिदिन्छ । पथरी भइसकेकालाई पनि यसले लाभ गर्छ ।

बाथका रोगीलाई राहत दिन्छ
रायोको सागले बाथका रोगीलाई राहत दिन्छ । यसमा कपर पाइन्छ, जसले बाथको पी’डालाई कम गर्छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu