टुँडिखेलमा मानव साङ्लो दृश्यमा जे देखियो

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

काठमाडौं : टुँडिखेल क्षेत्र अ-ति-क्र-म-ण हुँदै गएकाले संरक्षण गर्न सरकारलाई दबाब दिने उद्देश्यले टुँडिखेललाई मानव साङ्लोले घेरिएको छ। विश्व स्वतन्त्र दिवसको अवसर पारेर ‘अकुपाई टुँडिखेल’नाम दिइएको अभियानमा ३ हजार जनाको मानव साङ्लो बनाएर घेरिएको हो।

टुँडिखेल बचाउ अभियानअन्तर्गत नागरिक अभियान्ताले शनिबार बिहान आठ बजे टुँडिखेल घेराउ गरेका हुन्। साँस्कृतिक झाँकीसहित सुरु भएको अभियानमा स्वतस्र्फूत रुपमा नागरिक समाज, विद्यार्थी, कलाकार, राजनीतिक पार्टी र जनप्रतिनिधि उपस्थित थिए।

टुँडिखेलमा सरकार र सेनाबाट भइरहेको अतिक्रमणलाई रोक्न सचेतना अभियानको सुरुवात गरेको अभियानका संयोजक विजय श्रेष्ठले बताए। ‘प्राकृतिक र सांस्कृतिक महत्वका साथै राजनीतिक रुपमा इतिहास बोकेको टुँडिखेल सेना र सरकारको अतिक्रमणमा छ,’ संयोजक श्रेष्ठ भने,‘अनधिकृत पसल संचालन, पार्किङ, बसपार्क र त्यहाँ गरिएको ढलानले टुँडिखेलको वास्तविक क्षेत्रफलसमेत खुम्चिदै गएको छ।’

कुनै समय एसियाकै ठूलो परेड मैदान रहेको टुँडिखेल हाल भवन बनाउने सामान, कामदार बस्ने ठाउँको रुपमासमेत विकसित भएको छ। टुँडिखेल सार्वजनिक जग्गा भएकाले पनि यसलाई रोक्न अति आवश्वय भएको श्रेष्ठ बताए। उनी भन्छन्, ‘अभियानको पहिलो प्राथमिकता टुँडिखेलमा रहेको अस्थायी संरचना हटाउनु हो।’

अभियानमा नागरिकस्तरबाट समर्थन गर्दै वरिष्ठ कुटनीतिज्ञ तथा पूर्व नेपाली राजदूत हिरण्यलाल श्रेष्ठले टुँडिखेलमा भइरहेको अ-तिक्रमण रोक्नु पर्ने बताए। ‘टुँडिखेललाई कृतिम संरचनाले बार्ने/घेर्ने काम भएको छ, श्रेष्ठले भने,प्राकृतिक प्रकोप र आपत विपदमा नागरिकले आश्रय लिने ठाउँ अतिक्रमण गर्नु भनेको ज-घ-न्य अ-प-रा-ध-हो।’

उनले टुडिखेललाई खुल्ला राखेर अब पार्क बनाउनु पर्ने धारणा समेत राखे। ‘यस्तो खुल्लापार्क प्रत्येक नगरमा हुनुपर्ने हो। तर त्यसो हुन सकेको छैन। खुल्ला ठाउँ जति सबै भू-माफियाले ओगटेका छन्।’ श्रेष्ठले भने,‘भू-माफियाको प्रभावमा स्थानीयपनि परेकाले अब जनदवाब सिर्जना गर्नुपर्छ।’

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu