जनकपुरको सडकमा बनाइएको नवनिर्मित वडा कार्यालय भत्काइयो

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

जनकपुर-सडकमै निर्माण गरिएको जनकपुरधाम उपमहानगरपालिका–२१ को वडा कार्यालय भत्काइएको छ । सडक डिभिजन कार्यालय जनकपुरले शुक्रबार प्रहरी(प्रशासन तथा स्थानीयको सहयोगमा वडा कार्यालय भत्काएको हो ।

सडक निर्माणको क्रममा सामुदायिक विद्यालय भत्काई सडकमै वडा कार्यालय निर्माण गरेपछि वडा अध्यक्ष रामेश्वर महासेठ र जनकपुर उपमहानगरका मेयर लालकिशोर साहको विरुद्धमा स्थानीयवासीले पटक–पटक आ-न्दो-ल-न गर्दै आएका थिए ।

सडक अ-ति-क्र-मण गरेर निर्माण गरेका घर टहराहरु हटाउन सडक डिभिजन कार्यालयले प्रहरी प्रशासन र डोजरसहितको दलबल लिएर कुर्था पुगेका थिए ।

तर स्थानीयवासीले सडकमा निर्माण गरिएको वडा कार्यालय न-भत्काएसम्म निर्माण कार्य नै अ-वरुद्ध गरेपछि सो वडा कार्यालय पूर्णरुपले भत्काइएको स्थानीय युवा शम्भु झा निर्दोषिले जनाए ।

निर्माणाधीन जनकपुर–लोहारपट्टी सडकखण्डमै पर्ने वडा कार्यालय बचाउन करिब डेढ वर्ष अघि वडाध्यक्ष रामेश्वर महासेठको संलग्नतामा सडकको दक्षिणपट्टि रहेको राजर्षि जनक माध्यमिक विद्यालयको भवन तथा पर्खाल भ-त्काएको थियो ।

त्यसै बेलादेखि वडाध्यक्ष महासेठ र मेयर साहको बिरोधले उ-ग्र-रू-प लिदै गएको थियो । जसले गर्दा स्थानियवासि र जनप्रतिनिधि बिच विवाद चल्दै आएको थियो ।

विद्यालयको कक्षा कोठा र पर्खाल भत्काएपछि विद्यार्थीले सडकमै समेत पढेर विरोध गर्दै आएका थिए । सडक निर्माणको क्रममा बा-धा अवरोध झेल्दै आएका सडक डिभिजनले स्थानीयवासीको मागलाई सम्बोधन हुने गरि दवावमा वडा कार्यालय भत्काएको जनाएको छ ।

वडा कार्यालय पूर्ववडाध्यक्ष पक्ष र स्थानीयवासी तथा सरोकारवाला पक्षबीच सम्झौता भएपछि भ-त्काइएको हो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu