महोत्तरी: मुसहर बस्तीमा रोजगारी घुम्ती पसल सञ्चालन, आवेदन पनि संकलन

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

काठमाडौं । महोत्तरीको एकीकृत नमुना मुसहर बस्तीमा रोजगारी घुम्ती पसल सञ्चालन गरिएको छ ।

रोजगारी सर्भिसेस प्रालि युकेएड सीप कार्यक्रमको प्रावधिक सहयोगमा रोजगारी प्रालिद्वारा सञ्चालित रोजगारी घुम्ती पसलले मुसहर बस्तीमा अन्तर्क्रियासहित रोजगारका लागि आवेदन पनि संकलन गरिएको छ ।

रोजगारी घुम्ती पसल मार्फत मुसहर बस्तीका ३२ जना युवायुवतीले रोजगारका लागि अनलाइनमा आवेदन दर्ता गरेका छन् ।

 रोजगारी प्रालिका परियोजना प्रबन्धक मनोज सुनुवारले दर्ता भएका युवायुवतीको क्षमता र योग्यताका आधारमा रोजगारदाता कम्पनीसँग उनीहरुको रोजगारीका लागि प्रक्रिया अघि बढाइने बताए ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu