टुँडिखेल अतिक्रमणको विरोधमा आज मानव साङ्लो बनाईदै

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

काठमाडौं । आज मानव साङ्लो बनाई टुँडिखेल घेरिने भएको छ । विश्व स्वतन्त्रता दिवसको अवसर पारी यस्तो अभियान सञ्चालन गर्न लागिएको अकुपाई टुँडिखेल अभियानका संयोजक विजय श्रेष्ठले जानकारी दिनुभयो ।

टुँडिखेललाई अतिक्रमणमुक्त बनाउन अभियन्ताहरुले तीन महिने अकुपाई टुँडिखेल सञ्चालन गरी नागरिकस्तरबाट चेतनामूलक कार्यक्रम गर्ने अभियान थालेका छन् । लगातार अतिक्रमण भएका कारण अहिले टुँडिखेल साँघुरिदै गएको छ ।

काठमाण्डौँको मध्य भागमा ठूलो क्षेत्रफलमा फैलिएको खुला स्थान सरकारी निकायकै उदासिनताका कारण एकपछि अर्को अतिक्रमणको चपेटामा परेको अभियन्ताहरुको आरोप छ ।

संरक्षण अभियन्ता तथा सर्वसाधारणले अतिक्रमणमा परेको टुँडिखेललाई पुरानै अवस्थामा ल्याउनुपर्ने माग गरिरहेका छन् । अहिले बसपार्क, पार्किङ, पसल र टहरा, निर्माण सामग्री जम्मा गर्ने र अनावश्यक रुपमा ढलान गर्नेजस्ता कामले टुँडिखेलको अतिक्रमण बढ्दै गएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu