दशगजा क्षेत्रमै गएर भारत विरुद्ध प्रदर्शन

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

कञ्चनपुर, कार्तिक २२/भारतले जारी गरेको नयाँ नक्सामा नेपालको उत्तरी कालापानी क्षेत्रलाई भारतीय भूभागकै रुपमा आफ्नो नक्शामा समावेश गरेपछि कञ्चनपुरका युवा विद्यार्थी संगठन भारत विरुद्ध निरन्तर बिरोधमा प्रदर्शनमा उत्रिएका छन् ।

नेपाली अविवादित भुमिलाई भारतले नयाँ नक्सामा देखाएपछि सत्तापक्ष नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ, अनेरास्ववियू तथा युवा विद्यार्थीहरुले बिहिवार पनि महेन्द्रनगरमा बिरोध स्वरुप मोटरसाइकल ¥याली निकाल्दै विरोध दशगजामा प्रदर्शन गरेका छन भने महाकाली नदि पारी महाकाली नगरपालिकामा समेत भारतिय सिमा सुरक्षा वल(एसएसवि) क्याम्प नजिक प्रदर्शन गरेका छन । लिपुलेक, कालापानी र लिम्पीयाधुरा मात्र होइन देशका ्विभिन्न सिमामा नाका क्षेत्रमा भएको अतिक्रमित नेपाली भुमिलाई लाई भारतले दुई पक्षिय कुटनितिक पहल गरी यथाशीघ्र राजनितिक नक्सालाई सच्याउनु पर्ने अनेरास्ववियु केन्द्रिय सदस्य भिम भट्ट बताएका छन ।

पछिल्लो समय भारतको हेपाहा प्रबृति हावि हुदै गएको र मित्र राष्ट्रको आडमा नेपालको राष्ट्रियता माथिनै धावा वोलेको भन्दै सत्तारुढ दलका संगठनका साथै काँग्रेस निकट नेपाल विद्यार्थि संघ, प्रतिवन्धित नेकपा(विप्लव) समुह लगायत नागरीक समाज ले समेत ठाउ ठाउमा भारत विरुद्ध नारावाजि र प्रदर्शन गरेका छन । सुगौली सन्धिलाई कार्यान्वयन गर्नुका साथै यी यस्ता बिषयमा नेपाल सरकारले कुटनितीक तबरले यथाशिघ्र पहल कदमी लिनु पर्ने भन्दै राष्ट्रियताका सवालमा गम्भिर भई यो विषयलाई लिएर अन्तराष्ट्रिय अदालत जानु पर्ने अवस्था आएको युवा संघ नेपालका केन्द्रिय सदस्य रामचन्द्र रेग्मीले बताएका छन ।

भारतले दार्चुलाको नेपाली भूमी अतिक्रमण गरेको झण्डै ६ दशकपछि संस्थागत रुपमा आफ्नै भूमि बनाउने कुचेस्टा गरेकाले त्यसको विरोधमा विद्यार्थी युवा आन्दोलित भएको र र मातृभूमीका लागि जस्तोसुकै संघर्ष गर्ने पनिपछि नपर्ने अनेरास्ववियु नेता वीरेन्द्र राज विष्टले बताएका छन । नेकपा कञ्चनपुरका अर्का विद्यार्थि नेता कैलाश चन्द्र गिरीले भारतले नेपाल प्रति हेपाहा प्रवृति देखाएको बताउँदै अतिक्रमित भूमी फिर्ता नहुँदसम्म निरन्तर आन्दोलन जारी राख्ने बताएका छन ।

र्यालि र प्रदर्शनमा ‘नक्कली नक्सा खारेज गर’ ‘भारतिय विस्तारवाद मुर्दावाद, लगायतका नारा उल्लेखित प्ले कार्ड समेत प्रर्दशनकारीहरुले बोकेका थिए । सरकारले यस बारे यथाशिघ्र कुटनीतिक पहल गरेर भएपनि आफ्नो भूमि फिर्ता गराउन पहल गर्न अग्रसर हुनुपर्ने देखिएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu