बाजुराबाट नेकपाको उच्च नेतृत्वसहित १६ जनाको टोली गि-र-फ्ता-र, गाउँभर प्रहरीको सर्च अप्रेशन जारी

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

काठमाडौँ ।विद्रोही नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली आदर्श सहित १६ जना नेता कार्यकर्तालाई प्रहरीले गि र फ्तार गरेको छ ।

शुक्रबार साँझ आदर्शसहित १६ जनाको अ भियान टोलीलाई बाजुराबाट बझाङ आउदै गरेको अवस्थामा प्रहरीले घेराबन्दी गरेर गौमुल गाउँपालिका-.३ माझपालीबाट गि रफ्तार गरेको उक्त पार्टीका एक केन्द्रीय नेताले संचारकेन्द्रलाई जानकारी दिए ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी उपरीक्षक उद्धवसिंह भाटले आदर्शसहितका नेताहरु गिरफ्तार परेको पुष्टि गरेका छन् । गिरफ्तार पर्नेमा आदर्शसहित बाजुरा त्रिबेणी नगरपालिका २ छतारा घर भएका जिल्ला कमिटि सदस्य डम्मर सुनार, अछाम बिनायक ८ का उदय कसेरा, सोही नगरपालिका २ का राजेश कुमार शाही,

७ का डबल बहादुर नेपाली, अछाम तुर्माखाद गाँउपालिका ७ का डबल बहादुर नेपाली, बाजुराको हिमाली गाँउपालिका १ का धरम सिंह बोहारा, बाजुराको स्वामिकार्तिक १ की कुस्मा विक, अस्मीता विक, सुस्मिता विक, अछामको ढकारी २ बस्ने कमला बिक र सृष्टि सिंह रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ।

ओलीलाई यसअघि गत बैशाख ६ गते सांगठनिक कामको शिलसिलामा खटिरहेका बेला तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट गि रफ्गतार गरेको थियो ।

बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रहरीले लगाएको आ रो प पुष्ट नभएको भन्दै ओलीलाई गत जेठ २४ गते रिहा गर्न आदेश दिएको थियो ।

रिहा लगतै उनलाई पुनः प-क्रा-उ गरेर सुनसरी लागिएको थियो । ओलीलाई सुनसरी जिल्ला अदालतले गत असार २४ गते साधारण तारिकमा रिहा गरेको थियो ।

प्रहरीको सर्च अ प्रेशन जारी

यसैबीच जिल्ला प्रहरी कार्यालय बाजुराले १६ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेलगत्तै माझपालीमा व्यापक अ प्रेशन चलाएको छ । नेकपाको अ भियान टोली बझाङ गइरहेको सूचनाको आधारमा दिउसैबाट गस्तीमा खटिएका सिभिल प्रहरीहरुले उनीहरुमाथि निगरानी गरिरहेको साझ परेपछि मात्रै गि र फ्तार गरेको बुझिएको छ।

माझपालीबाट संचारकेन्द्रको टेलिफोन सम्पर्कमा आएका स्थानीयका अनुसार अहिले प्रहरीले उक्त गाउँमा व्यापक खानतलासी गरिरहेको छ । प्रहरीको खानतलासीले स्थानीय आक्रोशित र त्ररसित बनेका छन् ।

गिरफ्तार परेका नेता कार्यकर्ताहरुलाई भने जिल्ला प्रहरी कार्यालय बाजुरा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यसअघि गएराति मात्रै नेपाल कम्युनिस्ट पार्टीका निबर्तमान केन्द्रीय सदस्य टेक बहादुर केसी ‘आजाद’ लाई गि रफ्तार गरेको छ ।

नेकपाले सञ्चारकेन्द्रलाई दिएको जानकारी अनुसार आजादलाई प्रहरीले शुक्रबार राती सेल्टरबाट गि रफ्तार गरेको हो । आफ्ना नेतालाई अ-प-ह-र-ण शैलीमा प्रहरीले मध्यराती गिरफ्तार गरेर बे-पत्ता पारेको भन्दै नेकपाले आपत्ति जनाएको छ ।

सञ्चारकेन्द्रको सम्पर्कमा आएक एक केन्द्रीय सदस्यले भने- ‘ओली सरकारले अहिले हाम्रा नेता कार्यकर्तालाई रातारात गि-र-फ्ता-र गर्ने र बेपत्ता पार्ने, पारिवारिक सम्पर्कमा समेत आउन नदिने र अबस्था अ-ज्ञा-त राखी च-र-म यातना दिने गरिरहेको छ ।

यो ग-म्भी-र मानव अधिकारको उ-ल्लंघन हो । हाम्रो पार्टी प्रहरीको यस्तो अ-मा-नवीय कार्यको घो-र भ-र्त्स-ना गर्दछ । प्रहरीले उनलाई राती गि-र-फ्तार गरेर कहाँ राखिएको छ भन्नेबारेमा समेत केहि जानकारी दिएको छैन ।

स्रोत–संचार केन्द्र

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu