लिपुलेकमा पस्नै पाउँदैनन् नेपाली

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

लिपुलेक र कालापानी क्षेत्रमा भारतले ०१८ सालदेखि नै सुरक्षाकर्मी राखेर नेपालीको प्रवेशमा कडाइ गर्दै आए पनि सरकारले चासो नदिएकामा स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन्।

राज्यकै सामरिक महत्व बोकेको यो भूमिलाई भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा राखेपछि फिर्ता हुने सम्भावना घट्दै गएको उनीहरूको भनाइ छ। यो खबर दार्चुलाबाट मनोज बडूले आजको कान्तिपुरमा लेखेका छन्।

उक्त क्षेत्रमा हाल नेपालीलाई भारतीय सुरक्षाकर्मीले पस्नै नदिएको स्थानीय दानसिंह तिंकरीले बताए। ‘६० सालपछि भारतले हामीलाई पस्नै दिएको छैन,’ उनले भने, ‘अहिले चीनसित व्यापार गर्न तिंकर भञ्ज्याङको नाका प्रयोग गर्नुपरेको छ।’

यता देशकै पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण थालेको भ्युटावर निर्माणमा भारतीय सुरक्षा निकाय (एसएसबी) ले रोक लगाएको छ।

यहाँ भ्युटावर बन्दै गरेको जग्गा नेपालकै हो, तर एसएसबीले आफ्नो भन्दै रोक लगाएपछि भारतीय हस्तक्षेपले सीमा नाघेको छ। सन्दकपुरमालगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाइरहेको छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu