प्रियिमर लिग फुटबल: वाटफोर्डद्वारा पहिलो जित दर्ता, नर्विच सिटी पराजित

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

काठमाडौं । प्रियिमर लिग फुटबलको चालू सिजनमा वाटफोर्डले पहिलो जित निकालेको छ । गएराती भएको खेलमा वाटफोर्डले नर्विच सिटीलाई २–० गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गाएको हो ।

जेरार्ड देउलोफ्युले खेलको दोस्रो मिनेटमा गोल गर्दै वाटफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

आन्द्रे ग्रेले ५२ औ मिनेटमा वाटफोर्डको अग्रतालाई दोब्बर बनाउँदै क्लबको जित सुनिश्चित गरेका थिए ।

उनले देउलोफ्युको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए । क्रिश्चियन केबेसल ६५ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा सिमित बनेको थियो ।

वाटफोर्डले प्रिमियर लिगमा पहिलो जित दर्ता गर्दै ११ खेलबाट ८ अंक जोड्यो । नर्विच ७ अंकसहित तालिकाको अन्तिममा रहेको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu