स्वास्थ अवस्था बिग्रदै गएपछि डा के.सी अस्पताल भर्ना, चिसोका कारण स्वास्थ्यमा समस्या

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

सोमबारदेखि डडेल्धुरामा १७ औँ चरणको अनशन सुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार बेलुका डडेल्धुरा अस्पताल भर्ना गरिएको हो ।

डा. केसीको रक्तचाप तलमाथि भइरहेकाले उनकै सहमतिमा अस्पतालमा भर्ना गरिएको सो अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जीतेन्द्र कँडेलले जानकारी दिए । प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डा. केसीलाई अस्पताल भर्ना गरिएको डा. कँडेलले बताए ।

चिसोका कारण डा. केसीको स्वास्थ्यमा समस्या देखिएको उनका भाइ किशोरले बताए । डा. केसीले अस्पतालबाटै अनशन जारी राख्ने उनले बताए । सात बुँदे माग राखी डा. केसीले कात्तिक १८ देखि अनशन थालेका हुन् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu