नेपाल-चीनबीच पनि सीमा विवाद, आधा दर्जन सीमास्तम्भ गायब

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

काठमाडौं । चीनसँगको सीमा विवाद खासै बाहिर आउँदैन। पहाडी र विकट हिमाली क्षेत्र भएकाले चीनसितको सीमा विवाद बाहिर नआएको हो। नापी विभागका महानिर्देशक प्रकाश जोशीले दुई ठाउँमा सीमा विवाद रहेको बताए। उनका अनुसार सगरमाथाको उचाइ र दोलखामा रहेको ५७ नम्बर पिल्लरमा समस्या रहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ।

नेपाल चीन सीमाका अन्य ठाउँमा सामान्य विवाद छ भने झण्डै आधा दर्जन सीमास्तम्भ गायब छन्। नेपाल चीन सीमाको लम्बाइ एक हजार चार सय १४ किलोमिटर छ। पूर्व सिक्किम सीमादेखि पश्चिम लिपुलेकसम्म ६९ वटा सीमा स्तम्भ छन्। तीमध्ये सन् २००५ मा भएको सुररिवेक्षणमा ३७, ३८ र ६२ नम्बरका सीमा भेटिएका थिएनन्।

३७ र ३८ नम्बर स्तम्भ गोरखाको तोम सीमांकन हुँदैदेखि स्तम्भ भेटिएको थिएन। सोलुखुम्बुको नाम्पा भन्ज्याङ्मा रहेको ६२ नम्बरको स्तम्भ पनि छैन। ठूलो समस्याचाहीँ ५७ नम्बर स्तम्भमा छ। दोलखाको लामाबगर पूर्वपट्टीको कार्लाङपारिको टुप्पोमा हुनुपर्ने स्तम्भ पहाडको फेदमा छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu