औधोगिक नगरी हेटौडामा पनि घन्कियो Go back India को नारा

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार

तस्बिर: जनक मान डंगोल

२२, कार्तिक/हेटौंडा: बिगत केहि दिन देखि भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको भन्दै देस देखि बिदेसमा समेत बिरोध प्रदर्शन भएको र सोहि सन्दर्भलाई लिएर हेटौँडामा पनि ‘Go back India’को नारा लगाइ हेटौंडाको बुद्धचोकमा विरोध सभा गरिएको छ ।

भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको भन्दै हेटौंडामा विरोध कार्यक्रम भएको हो । नागरिकको हक अधिकारको लागी बोल्दै आएका विभिन्न ६ वटा संघ संस्थाले आज विरोध र्याली  निकालेर विरोध कार्यक्रम आयोजना गरिएको हो ।

राष्ट्रिय जनसरोकार मन्च नेपालका अध्यक्ष उमेश गुणीको अध्यक्षतामा भएको विरोध सभामा वरिष्ठ पत्रकार तथा समाजसेवी कौशल पाण्डेको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा मकवानपुर जागरण अभियान नेपालका अध्यक्ष कृष्णराज कोइराला, प्रकृति मानव केन्द्रित जनअभियानका अध्यक्ष अनुराधा उप्रेती, राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र मकवानपुरका अध्यक्ष लक्ष्मी गौतम, शशक्त कार्की संघका उपाध्यक्ष रामशरण कार्की, हेटौंडाका चलचित्रका अभिनेता अमिर गौतम लगायत हेटौंडेली नागरिकहरुको सहभागिता रहेको थियो ।

रेडियो अनमोलको सहयोगमा हेटौडाबाट जनक मान डंगोल

 

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu