भारतीय दा’दागिरी वि’रुद्ध सबै नेपाली एकजुट हुनुपर्छ : गगन थापा

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार

झापा : कांग्रेस नेता एवम् पूर्वमन्त्री गगन थापाले सीमा विवादको विषयमा सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन्। शुक्रबार पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षका लागि हुने उपनिर्वाचनको प्रचार प्रसारमा पुगेर फर्किने क्रममा झापामा पत्रकारसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन्।

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा उसको नक्सामा राख्नु भारतीय दा’दा-गिरी हो’, नेता थापाले भने, ‘भारतको यो चरम दादा-गिरी-वि’रुद्ध सबै नेपाली दल-भन्दा माथि उठेर एक-जुट भएर लाग्नुपर्छ।’ सीमा वि’वादका विषयमा सरकारले कूटनी’तिक पहल गर्नुपर्ने उनको भनाइ छ।

‘प्रतिपक्ष कांग्रेस-लगायत, आम नागरिकले समेत सीमा मिचिएको विषयमा सडकमा नै आएर धारणा व्यक्त गरिसकेका छन्’, उनले भने, ‘तीनै धारणाको बलमा नेपाल सरकारले भारतसँग बलियो रुपमा कुरा गर्नुपर्छ।’

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu