विशेष सूचनाका आधारमा भारतबाट अबैध रुपमा ल्याइँदै गरिएको दुई ट्रक मासु नियन्त्रणमा

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार

काठमाडौं– राजस्व अनुसन्धान विभागले ठूलो परिणाममा अबैध मासु नियन्त्रणमा लिएको छ । सर्लाही भन्सार विभाग हुँदै काठमाडौंं ल्याइँदै गरेको दुई ट्रक मासुजन्य पदार्थ विभागले थानकोटबाट नियन्त्रणमा लिएको हो । चिप्स, कुरकुरे लगायतका फास्फुड सामान बोकेको ट्रक खानतलासी गर्दा विभागले अवैध मासुजन्य पर्दाथ फेला पारेको हो । उक्त ट्रकमा साल्मन जातका माच्छा समेत ल्याएको विभागले बताएको छ ।

विशेष सूचनाका आधारमा विभागले उक्त परिमाणको अबैध मासु नियन्त्रणमा लिन सफल भएको अनुसन्धान विभागका निर्देक रामकुमार रेग्मीले रातोपाटीलाई जानकारी दिए । ‘सर्लाही भन्सार विभाग हुँदै ठूलो परिमाणको तयारी मासु काठमाडौं ल्याइँदैछ भन्ने सूचनाका आधारमा हामीले अप्रेशन चलाएका थियौं । थानकोटमा विशेष चेकजाँच गर्दा दुई वटा ट्रकमा विभिन्न बोरा सामान र कार्टुनमा लुकाएर ल्याएको तयारी मासु फेला पा¥यौं ।’

रेग्मीका अनुसार अहिले नियन्त्रणमा लिइएको मासुको मुचुल्का तयार हुँदै छ । विभागले मासु सहित ढुवानीमा प्रयोग भएको दुईवटा ट्रकलाई समेत नियन्त्रणमा लिएर पशुसेवा विभाग ललितपुरमा ल्याइएको छ । भोली शनिबार भएकाले मासुको परिक्षणका लागि आइतबार मात्र क्यारेन्टटाइन पठाइने रेग्मीले जानकारी दिए ।

यस्तो अबैध मासु राजधानीका विभन्न होटल तथा रेष्टुरेन्टका लागि ल्याएको हुनसक्ने विभागको आशंका छ । सामान बोक्न भारतीय नम्बर प्लेटका दुईवटा ट्रक प्रयोग गरिएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu