त्रिभुवन विमानस्थलमा श्री र यतीका जहाज ठोक्‍किए

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा विमान ठोक्‍किएका छन्। पार्किङ गरेको यतीको जहाजलाई श्री एयरलाइन्सको जहाजले छुदा सामान्य घटना भएको हो।

विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतीको जहाजसँग ठोक्‍किएको बताए। उनका अनुसार जहाज ठोक्‍किएको भएपनि मानवीय क्षति भने भएको छैन।जहाजमा सामान्य क्षति मात्र भएको छ।

विमानस्थलमा २ वटा विमान आपसमा ठोक्किएका छन् । ग्राउण्ड ह्याण्डलिङ गर्ने क्रममा श्री एयरलायन्सको विमानले यति एयरलायन्सको विमानलाई ठक्कर दिएको थियो । ठक्करबाट कुन विमानको के कति क्षति भयो भन्नेबारे पूर्ण विवरण आउन बाँकी छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu