केही महिनाभित्रै नेपालका विमानहरु आईकाओको कालोसूचीबाट हट्छन्: मन्त्री भट्टराई

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार

लण्डन–संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले अबको केही महिनामा नेपालका विमानहरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ईयूको कालोसूचीबाट हट्ने दाबी गरेका छन् ।

मन्त्री भट्टराईले युरोपियन क्षेत्रमा नेपाली विमानहरुको उडानमा रोक लगाएको आईकाले आफ्नो निर्णयमा गल्ती महसुस गरेको समेत दावी गरे । मन्त्री भट्टराईले नेपालका राष्ट्रिय गौरवका आयोजना सोचेभन्दा तीब्र गतिमा अघि बढेको बताए ।

उनले लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ,पोखरा क्षेत्रीय विमानस्थल लगायतका राष्ट्रिय गौरवका आयोजनाको निर्माणकार्य उत्साहजनक रुपमा अघि बढेको बताए ।

काठमाण्डौस्थित त्रिभुवन विमानस्थलमा थप रनवे निर्माण गर्ने लगायतका सुधार र स्तरोन्नतीका कामहरु अघि बढाइएको दाबी गर्दै उनले नारायणहिटी राजदरबारको सभाहल भाडामा दिने भन्ने प्रसङ्गमा त्यसलाई सदुपयोग गर्ने बिषयमा छलफल भैरहेको बताए।

त्यस्तै,पशुपतिनाथमा आरतीको समयमा राष्ट्र धुन बजाइने निर्देशन केहि धार्मिक गुरुहरुको सल्लाह र सुझाबमा गरिएको तर त्यसमा पुनर्विचार गर्न सकिने समेत उनले बताए । नेपाल हिन्दु र बौद्ध धर्माबलम्बीहरुको पबित्र तिर्थस्थल भएको दाबी गर्दै मन्त्री भट्टराईले धार्मिक पर्यटनको समेत प्रचुर सम्भावना भएको दाबी गरे ।

धार्मिक पर्यटनको विकास गर्न उनले नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूतमा भारतीय मुलका व्यक्तिलाई नियुक्त गरिएको बताए । सद्भावना दूत भारतीय मूलका बेलायती धनाढ्य व्यापारी हिन्दुजालाई नियुक्ति गरिएको छ । उनले नेपालमा पशुपति लगायतका देबस्थल आफ्नो आराध्य रहेको र आफुले केहि ब्यबसाय सुरु गरिसकेको बताएका छन् । उनले नेपालमा आगामी दिनमा होटेल लगायतका पर्यटन व्यवसायमा लगानी विस्तार गर्न लागेको बताइएको छ।

हरेक वर्ष लण्डनस्थित एक्सेल एक्षिविसन सेन्टरमा हुने विश्व प्रसिद्ध ३ दिने वल्र्ड ट्राभल मार्केट (डब्लूटीएम) मा सहभागी हुन मन्त्री भट्टराई बेलायत पुगेका छन् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu