एक नारायाण भण्डारीको शब्द बिन्दु परियारको आवाजमा ‘भनन भन’ सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । सुमधुर आवाजकी धनि गायिका बिन्दु परियार र रविन बर्तौलाको आवाजमा ‘भनन भन’ बोलको गीत भर्खरै मात्रै सार्वजनिक भएको छ ।

एक नारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीतसंयोजनमा रहेको उक्त गीतमा आँचल शर्मा र पुष्प खड्काको अभिनय रहेको छ ।

‘हिजो राती सपनीमा आयौनी सुटुककै, समाउदै हात रमाउदै तिमी हास्यौनी मुसुक्कै भन न भन त्यसपछि के भो’ गीतमा रहेको यी शब्दले आफुले माया गरेको मान्छे सपनीमा आएको पललाई विपनीमा उहि मायालाई बताउन लजाएको रमाईलो प्रेमिल कुरा प्रस्तुत गरिएको छ ।

गीतलाई स्वयं गायिका परियारको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ । गीतलाई गम्भिर विष्टले निर्देशन गरेका छन् । गीतले सबैको दर्शकश्रोताको मन जित्न सफल रहोस हाम्रो शुभकामना ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu