नेपाली भूभाग फिर्ता गर

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार

बिष्णु खनाल – प्राचीन काल र किरांत कालमा नेपालको भुभाग विशाल थियो र यसको सिमाना पुर्वमा कामरु, कामक्ष, दक्षिणमा कतूर र पश्चिममा कांगडासम्म थियो। जसका आधारहरू “स्कन्द पुराण”को ८१ औं अध्यायमा स्पष्ट व्यख्या छ ।

ईसा पुर्व १००० वर्ष पहिलेको अथर्वेदमा व्यख्या छ र कौटिल्यको अर्थशास्त्रमा समेत व्याख्या छ। भारतिय इनडिपेन्डेन्ट एक्टले नेपाली भूभागलाई भारतमा गाभिनु पर्छ भनेर भनेको छैन। १६५० को नेपाल भारत सन्धीको धारा ८ ले सुगौलीको सन्धीलाई रद्ध गरेको छ । सुगौलीको सन्धी अनूमोदन भएको छैन। सुगौलीको सन्धी नेपालले ब्रिटिससग गरेको हो भारतसँग होईन। इष्ट इन्डिया कम्पनीले भारत छोडेर जाने बेलामा हामीले ति भूभाग लिदा जस्तो अबस्थामा थियो त्यहि अबस्थामा छोडेका छौ भनेको छ । त्यसकारण नेपालको भूभाग टिष्टा र सतलजसम्म स्वत: हुन आउछ।

२२०० वर्ष पुरानो सम्राट अशोकको लुम्बिनीमा स्थापित स्तम्भ “अशोक स्तम्भ” जहाँ हिंद” / बुद्ध नेपाल अथवा बुद्ध यस ठाँउमा जन्मेका थिए र यो नेपाल हो भनेर प्रष्ट गरेको छ। सम्राट समुन्द्रगुप्तको इलाहाबाद स्थित शिलालेखमा नेपालको पूर्वी सिमाना कामरु, कामक्ष, दक्षिणी सिमाना पाटलीपुत्र, कतूर र पश्चिममा उधमपुर भनेर व्याख्या गरेको छ । कामक्ष भनेको आसाममा पर्दछ, पाटलीपुत्र भनेको पटना र कतुर भनेको इलाहाबाद नजीक र उधमपुर भनेको उत्तर पश्चिम पंजाब हो र यो ईसाको ३५० वर्ष पुर्वको शिलालेख हो।

वि.सं १८१६ को सुगौली सन्धी धारा८ मा उल्लेख छ ‘यो सन्धिले नेपाल र ब्रिटिस भारतबीच भएका सबै सन्धि,सम्झौता, प्रतिज्ञापत्रलाई खारेज गरेको छ ।’ तर यो कार्यान्वयनमा आएको छैन । अर्थात सन १९५० भन्दा अघि गरिएका सन्धि आजसम्म खारेज गरिएका छैनन । भारतको सैनिक विद्रोहमा नेपाली सेना प्रयोग भए बापत भारतवाट नेपाली भ भाग बाके , बर्दिया ,कैलाली, कञ्चनपुर फिर्ता भएका छन् । त्यसकारण उक्त सन्धि अन्तिम नै हो भन्ने आधार नै भेटिदैन । सन १९२३ डिसेम्बर २१ मा काठमान्डौमा भएको सन्धिले पनि यसलाई खारेज गरेको छ ।

संयुक्त राष्ट्रसघले जुनसुकै रुपमा र जहाँसुकै भए पनि उपनिवेशवाद र विखण्डन तथा सोसँग सम्वन्धित भेदभावका सम्पूर्ण व्यवहारको निन्दा गरेको छ। १४ डिसेम्वर १९६० को औपनिवेशिक देशहरु तथा जनताहरुलाई स्वाधिनता प्रदान गर्ने सम्वन्धी घोषणापत्र महासभाको प्रस्ताव १५१४ (१५) ले त्यस्ता कुराको शिघ्र तथा निर्शत अन्त्य हासिल गर्ने आवश्यकतालाई पुष्ठि गरी निष्ठापूर्वक घोषणा गरेको कुरालाई उल्लेख गरिएको छ ।

संसारका हरेक उपनिबेशवादको अन्त भनेर यू.एन च्याप्टरमा सयुक्त राष्ट्रसघको वडापत्रमा लेखेको छ । संयुक्त राष्ट्रसंघको विधान को धारा ११ को अनुच्छेद ७३ मा नेपाललाई अस्वसाशित क्षेत्र मानिन्छ । गोवा र हङ्गकङ्ग फिर्ता लिइन्छ भने दार्जलिग लगायत अरु भुभाग किन फिर्ता नलिने । सुवास घिसिगले तत्कालिन राजा विरेन्द्रलाई चिठी लेखेका दस्तावेज साँची छन् ।

ब्रिटिश ईस्ट इन्डिया कम्पनीले सन्धिको मस्यौदा तारिक २ दिशम्बर १८१५ गर्यो जसमा लेफ्टिनेन्ट् कर्नल प्यारिस् ब्राडशाले हस्ताक्षर गरेका थिए, सो सन्धि हस्ताक्षर गरेर १५ दिन भित्रमा फिर्ता पठाउने अन्तिम चेतावनी दिंदै नेपाल पठाइयो। नेपाललाई ती शर्तहरू मंजूर थिएनन्, यस कारण नेपालले तोकिएको म्यादमा हस्ताक्षर गरेन। त्यसपछि ब्रिटिश ईस्ट इन्डिया कम्पनीले काठमाडौंमा आक्रमण हुन गइरहेको हल्ला फिंजाउनुका साथै सेनाको हलचल गरायो। राजधानीमा आक्रमण अपरिहार्य बुझेर सन्धिमा हस्ताक्षर गर्न बाध्य बन्यो।

सुगौली सन्धि नेपालमाथि लादिएको थियो, राजा तथा उच्चपदस्थ अधिकारीहरू यसमा हस्ताक्षर गर्न चाँहदैनथे। तर नेपाल बाध्य बन्यो यसका शर्तहरू मान्न। पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले सुगौली भन्ने ठाउँमा ब्रिटिशको शिविरमा गई ४ मार्च १८१६ का दिन यस सन्धिमा हस्ताक्षर गरे।

नेपालले १५ दिने म्यादलाई लत्याएर ९३ औं दिनमा हस्ताक्षर गरयो। सन्धि सोही दिनदेखि लागू गरियो। सन्धिको अनुच्छेद ९ मा राजाद्वारा सन्धि मंजूर् गरिनु पर्ने कुरा लेखिएको थियो तर राजा गीर्वाण युद्ध बिक्रमबाट यस्तो गरेको कुनै रिकर्ड छैन ।

ब्रिटिशलाई नेपालले सन्धिको पालना गर्दैन भन्ने ठूलो डर थियो यस कारण गभर्नर जेनेरल डेबिड अक्टरलोनीले ब्रिटिश सरकारको पक्षबाट सन्धि लागू भएको पुष्टि गरे र सन्धिको एक प्रति चन्द्रशेखर उपाध्यायलाई सुम्पियो सन्धिमा राष्ट्रको सीमांकन स्पष्ट नभएकोले आज पनि विवाद कायम छ।

सन्धिमा सीमा रेखा स्पष्ट नभएकोले सीमांकन गर्न समस्या परिरहेछ। लगभग ६०००० हेक्टेयर जमीनमा आज पनि विवाद छ।यी जमीनहरूमा दाबी प्रतिदाबी, बहस आदी चलिरहेका छन्।

परिणाम स्वरूप नेपाल भारत सीमामा अतिक्रमणका आरोपहरू एकअर्कामा लगाइन्छ । यस्ता ५४ वटा क्षेत्रहरू छन्। यिनमा कालापानी, लिम्पियाधुरा, सुस्ता, मेचीक्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, हिले थोरी आदि हुन्।

माधवप्रसाद घिमिरेले पनि आफ्नो एक कविताको पंक्तिमा गुणगाण गर्दै लेख्नुभएको छ पश्चिम किला कांगडा, पुर्वमा टिष्टा पुगे थियौं। कुन शक्तिको सामुमा कहिले हामी झुके थियौं ।

एङ्गलो नेपाल युद्ध हुनुभन्दा अगाडी नेपालको भूभाग भित्र पर्ने पश्चिमको हालको उत्तराखण्ड, हिमाचल प्रदेश राज्यका साथै साना, साना पञ्जाबी पहाडी राज्यहरूका सतलज नदी र त्यसको पारी सम्मका भूभाग कांगडासम्म, पूर्व तर्फ सिक्किम, दार्जिलिङ, समेटने टिष्टा नदी सम्मका भूभाग जसको क्षेत्रफल ३,३४,२५० थियो । वास्तवमा यो भुभाग इष्टइण्डिया कम्पनीले भारत छोडे सगै नेपालको स्वत्: हुनु पर्ने हो । सन्धी संझौता भारतसँग नभई इष्टइण्डिया कम्पनी विच भएको नेपालले हस्ताक्षर गरेको पनि छैन । भारतसँग युद्ध लडेको पनि हैन । त्यसैले नेपाली भुमि अभिलब्व फिर्ता गरिनुपर्दछ । यसलाई कुटनैतिक रुपले बेलायतको रोहवरमा राखेर वार्ता वा अन्र्तराष्ट्रिय करण गरिनु आबश्यक छ ।

रिफिरेन्सको रूपमा रतन भण्डारीद्धारा लिखित पुस्तकमा हाम्रो देश र इष्ट इण्डिया कंपनी बिचको सुगौलीको सन्धी र १९५० को सन्धी नक्सा ओरिजनल कपी बेलायतको लाइबेरीमा छ, नत भारतसंग छ नत नेपालसंग छ भन्ने कुरो लेखिएको छ ।

एमालले गरेको महाकाली संझौता तत्कालिन छानबिन संयोजक केपी शर्मा ओलीले सरकारलाई लेखेका पत्र , तत्कालिन परराष्ट मन्त्री पशूपती शंशेर राणाले लेखि पठाएको जबाफ चिठी दस्तावेज सहित छ। यसमा उक्त कालापानी लिपियाधूरा एरियाको नापि नक्सा मालपोत कार्यलयमा बुझायेको तिरोको प्रमाण समेत समाबेश गरिएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu