अन्तराष्ट्रिय चलचित्र महोत्सव युद्धस्तरमा !

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार

महोत्सव प्रदेश १ का सबैका साझा महोत्सव

संयोजक विजय सुब्बा र हिमाल दाहाल

प्रदेश १ धरानमा कार्तिक २९, ३०, मंसिर १ र २ गते हुने हुने अन्तराष्ट्रिय चलचित्र महोत्सवको तयारीका लागि स्थानीयस्तरमा युद्धस्तरमा काम भईरहेको चलचित्र छनौंट तथा महोत्सव व्यवस्थापन समिति का संयोजक विजय सुब्बाले बताएका छन् । प्रदेश १ मा निर्मित केही चलचित्रहरु तथा सम्मान गर्नेका लागि सिफारिस गरिएका व्यक्तित्वहरुको अन्तिम नाम समेत टुंगाईएको, संयोजक सुब्बाले जानकारी दिए ।

“स्थानीयस्तरमा हामी निरन्तर महोत्सवका लागि दौडिरहेका छौं ।”, संयोजक सुब्बाले स्वादेश नेपालसँग भने, “बिहान, बेलुका, दिनरात नभनी प्रदेशको पहिलो अन्तरराष्ट्रिय चलचित्र महोत्सवलाई सफल बनाउन एकाध्यान भई केन्द्रिकृत छौं ।”

समितिका हिमाल दाहालले आमन्त्रीत पाहुना अतिथी, कलाकार तथा प्रतिनिधीहरुका लागि होटल तथा लज बुक, व्यवश्थापन, स्टेज तथा साउण्डसिष्टम एवं सम्पूर्ण प्राविधिक पक्षको तयारी समेत तिब्र गतीमा भईरहेको बताए ।

दाहालका अनुसार, प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले समेत महोत्सवका लागि अत्यन्तै चासोका साथ ध्यान दिएका छन् ।

मन्त्री कार्कीले महोत्सव सफल पार्नका लागि कुनै पनि कसुर बाँकी नराख्न अनुरोध गरेको, दाहालले बताए ।

यसअघि, मन्त्री कार्कीले महोत्सव प्रदेश १ का सबैका साझा महोत्सव भएकोले सबैले आआफ्नो क्षेत्र र पक्षबाट जिम्मवेरीपूर्ण तरिकाले उत्साहपूर्ण लाग्ने अनुरोध गरेका छन् ।

सम्बन्धित खबरहरु :

कार्तिक २९, ३०, मंसिर १ र २ गते हुने भयो अन्तरराष्ट्रिय चलचित्र महोत्सव

कार्तिकमा धरानमा अन्तरराष्ट्रिय चलचित्र महोत्सव हुने

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu