कुलमानको नेतृत्वमा सम्पन्न भएको चि’लिमेका शेयरधनीले २५ प्रतिशत लाभांश पाउने

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार

चि’लिमे जलविद्युत कम्पनीले आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश (१ अर्ब १८ करोड ९५ लाख ३३ हजार ९ सय ४५ रुपैयाँ ) वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा आर्जन गरेको मुनाफाबाट सम्पूर्ण सेयरधनी सदस्यलाई लाभांश वितरण गर्न लागेको हो ।

कम्पनी सञ्चालक समितिकाे साेमबार बसेकाे बैठकले ५ प्रतिशत नगद लाभांस र २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेकाे हाे । चुक्ता पुँजी ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार ७ सय ८२ रुपैयाँ रहेको कम्पनीले ९५ करोड १६ लाख २७ हजार १ सय ५६ रुपैयाँ बराबरकाे बोनस सेयर र २३ करोड ७९ लाख ६ हजार ७ सय ८९ रुपैयाँ बराबरकाे नगद सेयरधनी सदस्यलाई वितरण गर्नेछ । कम्पनीकाे आगामी मंसिर ११ गते हुने २३औं वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सञ्चालक समितिले प्रस्ताव गरेकाे लाभांश सेयरधनीले पाउने छन् ।

कम्पनीले रसुवामा सञ्चालित २२ मेगावाटकाे चि’लिमे जलविद्युत केन्द्रकाे विद्युत बिक्रीबाट भएकाे आम्दानीबाट सेयर सदस्यलाई लाभंश दिँदै आएकाे छ । चि’लिमेको सफल निर्माण गरेको कम्पनीका सहायक कम्पनी अन्तर्गत २ सय ७० मेगावाटका ४ आयोजना निर्माणाधीन छन् । ५ सय ८५ मेगावाटका २ आयोजना अहिले अध्ययनको चरणमा छन् ।

सन् १९९५ मा स्थापन भएको चि’लिमे जलविद्युत कम्पनीले २२.१ मेगावाट विद्युत उत्पादन गर्दै आएको छ । देशमा उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै जलविद्युत उत्पादन गर्ने उद्देश्यले चि’लिमेको स्थापना भएको हो । कम्पनीमा नेपाल विद्युत प्राधिकरणको ५१ प्रतिशत तथा सर्वसाधारणको ४९ प्रतिशत सेयर हिस्सा रहेको छ । जसमध्ये १० प्रतिशत स्वामित्व स्थानीयको छ ।

काठमाडौदेखि १३३ किलोमिटर उत्तरी भागमा रहेको रसुवा जिल्लामा अवस्थित छ । यसले दीर्घकालीन पीपीए मोडलमा विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्दै आएको छ । कम्पनीले प्राधिकरणलाई वार्षिक १५० जीडब्ल्युएच उर्जा उत्पादन गर्दै आएको छ ।

चि’लिमेले अन्य ३ वटा सहायक कम्पनीहरु स्थापना गरी विद्युत उत्पादन गर्ने तयारी गरिरहेको छ । सहायक कम्पनीहरु निम्नानुसार छन् :

– रसुवागढी हाइडेपाओर कम्पनी लिमिटेड – मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेड – सान्जेन जलविद्युत कम्पनी लिमिटेड

माउ कम्पनीसहित ३ सहायक कम्पनीबाट भविष्यमा चिलिमेले २७०.३ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।

चि’लिमे आयोजनालाई सफल बनाउन यसका तत्कालिन प्रमुख कुलमान घिसिङको महत्वपूर्ण योगदान छ , यहि आयोजना सफल भएपछि कुलमानको ख्याती चुलिएको हो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu