प्रकाशित मिति : १७ कार्तिक २०७६, आईतवार

सबै हङकङवासीहरु माँझ एकताको सन्देशमूलक प्रवाह गर्न यो विभाग गठन गरिएको

नवीन गुरुङ
सुनसरी ।

हङकङमा योगिता गुरुङको अध्यक्षतामा उनी संयोजिका रहने प्रदेश नम्बर १ गुरुङ समाज हङकङ महिला बिभाग ( आमा समूह) को गठन गरिएको छ ।

विभागमा, उप संयोजिका, सचिव, कोषाध्यक्ष तथा सहकोषाध्यक्ष्मा क्रमशः बिन्दा गुरुङ, जयन्ती गुरुङ, गोमा गुरुङ तथा ममता घले
छन् ।

त्यस्तै, सदस्यहरुमा लीला गुरुङ, कमला गुरुङ (तारा), नरमाया गुरुङ, ममता गुरुङ, सजनी गुरुङ छन् ।

सल्लाहकारमा गौमाया घले र झोना गुरुङ रहेका छन् ।

गुरुङ समाज हङकङका अध्यक्ष हेम प्रताप गुरुङको सभापतित्वमा गरिएको कार्यक्रममा नव गठित महिला बिभाग (आमा समूह) लाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै उनले, सबै हङकङवासीहरु माँझ एकताको सन्देशमूलक प्रवाह गर्न यो विभाग गठन गरिएको बताए ।

विभागकी संयोजिका जिम्मेवारी पाएकी योगिता गुरुङले आफुसहित आफ्नो टिमलाई दिएको जिम्मेवरी प्रति कृतज्ञता ज्ञापन गर्दै समाजको हित र एकताका निम्ति प्रतिबद्ध भई लाग्ने प्रण गरिन् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu