कार्तिक २९, ३०, मंसिर १ र २ गते हुने भयो अन्तरराष्ट्रिय चलचित्र महोत्सव

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार

प्रदेश सरकारले स्वीस राजदूतावसँगको सहकार्यमा महोत्सव आयोजना गर्दैछ ।

प्रदेश १ अन्तरराष्ट्रिय चलचित्र महोत्सव कार्तिक २९, ३०, मंसिर १ र २ गते हुने भएको छ । कार्य तालिका जुदेकोले समय फेरबदल गरिएको हो । महोत्सव सफल पार्नका लागि कुनै कसुर बाँकी नराख्ने आयोजक प्रदेश सरकारले जनाएको छ ।

हामी (प्रदेश १ सरकार) यस विषयमा अत्यन्तै गम्भिर छौं । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की ले शुक्रबार धरानमा भने, मुख्यमन्त्री (शेर धन राई) समेतले चलचित्र क्षेत्रको लागि चासो दिनुभएकोले यसका लागि आफु थप उत्साहित छु ।

मन्त्री कार्कीका अनुसार, प्रदेश सरकारले स्वीस राजदूतावसँगको सहकार्यमा महोत्सव आयोजना गर्दैछ ।

मन्त्री कार्कीले प्रदेश १ लाई फिल्मी प्रदेश बनाउने योजना रहेको र मुख्यमन्त्री राईको यस विषयमा सकारात्मक रहेका, खुलाए ।

मन्त्री कार्कीीले प्रदेशका कुन क्षेत्रहरु फिल्मी सुटिङका लागि उपयुक्त छ, त्यसको पहिचान गरि फिल्मी क्षेत्र घोषणा गर्ने बताएका छन् ।

कार्कीले महोत्सव प्रदेश १ का सबैका साझा महोत्सव भएकोले सबैले आआफ्नो क्षेत्र र पक्षबाट जिम्मवेरीपूर्ण तरिकाले उत्साहपूर्ण लाग्ने अनुरोध गरेका छन् ।

महोत्सव भव्य हुने आयोजक समितिसँग व्यवस्थापनका लागि सहयोग गरिरहेको चलचित्र छनौंट तथा महोत्सव व्यवस्थापन समिति का संयोजक विजय सुब्बाले बताए ।

चलचित्रकर्मी तथा निर्देशक अरुण प्रधानले महोत्सव सफल बनाउनका लागि प्रदेश १ का १४ जिल्लाकै चलचित्रकर्मीहरुसँग समन्वयन र सहकार्य गरिरहेको बताए ।

सम्बन्धित खबर :

कार्तिकमा धरानमा अन्तरराष्ट्रिय चलचित्र महोत्सव हुने

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu