एकिकृत भूपूको नवौं साधारण

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार

सहकारीका सेयर सदस्यहरुलाई प्रशंसा पत्रले सम्मान

एकिकृत भूपू वचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं साधारण सभा सम्पन्न भएको छ । सभाले विभिन्न सेयर सदस्यहरुलाई प्रशंसा पत्रले सम्मान समेत ग¥र्यो ।

नेपाली भूपू गोर्खा तथा तिनका सन्तानहरु एकवद्ध भई स्थापन गरेको एकिकृत भूपू वचत तथा ऋण सहकारीले आर्थिक तथा साामाजिक, दुबै रुपमा भूपू, तिनका सन्तानलाई मात्र नभई पुरै नगरमा सकारात्मक प्रभाव पार्न सफल भएको उक्त सहकारीका अध्यक्ष भिमादेवी राईले बताईन् ।

भूपू सैनिक क्लबमा सम्पन्न सभामा त्यस सहकारीका सेयर सदस्यहरुलाई प्रशंसा पत्रले सम्मान समेत गरिएको, व्यवस्थापक अनिता गुरूङले जानकारी दिईन् । उक्त अवसरमा, वार्षिक प्रतिवेदनसहित आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरियो ।

दुग्ध उत्पादक संघका केन्द्रिय सदस्य टिका प्रसाद ओझाको प्रमुख आतिथ्यमा सम्पन्न सभामा स्थानीय विभिन्न सहकारीका प्रमुख तथा प्रतिनिधिहरुका समेत उपश्थीति रहेको थियो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu