हङकङका यस ब्रो धरानमा !

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार

आफैमा कुशल डान्सर, खरौं अभिनय गर्ने कलाकार भए पनि लगानी गरेर हिरो बन्यो भन्ने आरोप नलागोस् भनेर गर्नै परे छोटो भूमिका गर्ने सोचमा पहिले रहेका हेमन्तकृष्ण अब भने थप मिहिनेत गर्न शुरु गरिसकेको बताए ।

खाईलाग्दो ज्यान, बडे बडे बडी अनि, उस्तै हेण्डसम लुक्स । झट्ट हेर्दै लाग्छ, कुनै चलचित्रका कलाकार हुन् । र, वास्तविक्ता पनि त्यहि हो । एकपटक बुलेटमा चढेर नेपाली चलचित्र द प्लानमा डरलाग्दो भिलेनको अवतारमा चलचित्रको पर्दामा देखिएका हङकङका ब्रो अब धरानतिर हुईकिने तरखरमा छन् । उर्लाबारी घर भए पनि बाल्यकाल नै धरानका ब्रोहरुसँग दामी मोज मस्ति गरेका धराने ब्रोलाई धरानको मायाले छाड्दै नछाडेपछि अहिले यिनी यस ब्रो भन्दै धरानमा नै आउने तयारीमा छ ।

हजुर ! चलचित्र कथा लेखक, परिकल्पनाकार, कलाकार तथा निर्माता हेमन्तकृष्ण पन्धक लिम्बु अहिले हङकङबाट नेपाल आफैले परिकल्पना गरेका र आफै निर्माता रहेका नेपाली एक्शन तथा कमेडी मुभि यस ब्रो प्रि प्रोड्क्शनमा छन् । एक्शन चलचित्र गर्न रुचाउने हेमन्तकृष्णले कथा आफ्नै परिकल्पना भए पनि चलचित्रमा लगानी गर्ने र नेपाली चलचित्र क्षेत्रमा एउटा इट्टा थप्ने काम गर्ने विचार गरे पनि उनले सोचेको चलचित्रको केन्द्रिय पात्रमा उनी आफै फिट हुने चलचित्रका निर्देशक विजय सुब्बाले बताएपछि सामान्य अभिनय मात्र गरेर चित्त बुझाएका हेमन्तकृष्णले गम्भिर भई मुख्य भूमिकामा आफै अभिनय गर्ने कि नगर्ने ? दोधारमा परे ।

आफै चलचित्र बनाएर आफै मुख्य भुमिकामा नगरौं नै भनेको तर, साथीहरुले अनुरोध गरेपछि म सोच्न वाध्य भए । हेमन्तकृष्णले स्वादेश नेपाल डट कमसँग भने, डाईरेक्टर साब (विजय सुब्बा) र पटकथा र संवाद लेखिरहेका मित्र सन्तोषले पनि कर गरेपछि केन्द्रिय भूमिकामा काम गरौं भन्ने निर्णयमा पुगेको छु ।

आफैमा कुशल डान्सर, खरौं अभिनय गर्ने कलाकार भए पनि लगानी गरेर हिरो बन्यो भन्ने आरोप नलागोस् भनेर गर्नै परे छोटो भूमिका गर्ने सोचमा पहिले रहेका हेमन्तकृष्ण अब भने थप मिहिनेत गर्न शुरु गरिसकेको बताए ।

एक्शन र कमेडी वेसको चलचित्र यस ब्रो विशुद्ध नेपाली अग्रानिक चलचित्र भएको उनको दाबी छ । डेढ करौंड बढी लगानीमा निर्माण गर्न गईरहेको चलचित्र अर्को वर्षदेखि फ्लोरमा जाने निर्माता समेत रहेका हेमन्तकृष्णले बताए ।

सन्तोष थेवेले पटकथा तथा संवाद लेखिरहेको चलचित्र यस ब्रो धरान लगायत पूर्वाञ्चलमा छायाँकन गरिने चलचित्रका व्यवस्थापन हेरिरहेका हिमाल दाहालले जानकारी दिए । उनी आफै पनि यस चलचित्रका कलाकार हुन् ।

चलचित्र सम्बन्धी वैदेशिक शिक्षा एवं ज्ञान हासिल गरेका विज्ञ विजय संयक सुब्बाले चलचित्रलाई निर्देशन गर्दैछन् । उनले स्क्रिन प्ले सम्बन्धी एक वर्ष कोर्स विदेशमा गरेका हुन् भने हाल काठमाण्डौं एक फिल्म सम्बन्धी कलेजमा अध्ययापन गराउछन् । अनामका संस्थापक विजयले थुप्रै नाट्कहरु र हाल धेरै सर्ट मुभिहरु निर्माण तथा निर्देशन गरेका छन् । मिलुजुली ईन्टरटेनमेन्ट ब्यानरबाट काम गर्ने विजयले यसपटक भने हेमन्तकृष्णको पन्धक इन्टरटेनमेन्टको ब्यानरमा यस ब्रो निर्देशन गर्दैछन् ।

यस ब्रो धरानमा हुदाँ लिईएको यो भिडियो अन्तरवार्ता ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu