गुरूङ सोल्टी पक्राऊ पर्न सक्ने !

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार

गीतले यदि सामाजिक सद्भावमा असर पुराउछ भन्ने लाग्यो भने म युट्यूबबाट हटाउन तयार

सुनसरी संवाददाता । कमेडी गीतहरु गाउने कलाकार गुरूङ सोल्टी पक्राऊ पर्न सक्ने भएका छन् ! तर, सोल्टीले भने यो केवल हल्ला मात्र भएको र यस्ता गसिफका पछाडि नलाग्न अनुरोध गरेका छन् ।

“गसिप हो । मनोरन्ज क्षेत्रका गसिपलाई लिएर गम्भिर नहुन म सबैसँग अनुरोध गर्छु ।”, सोल्टीले आज बिहान स्वादेश नेपालसँग भने, “मेरो गीतको विषयलाई लिएर प्रहरी वा कुनै पनि प्रशासनबाट त्यस्तो पक्राउ पर्ने खबर वा सोधपुछ गर्ने काम भएको छैन ।”

“पैसा छैन गोजीमा, मायालुको खोजीमा” बोलको कमेडी गीतबाट चर्चामा आएका कमेडी गायक तथा चलचित्र निर्देशक समेत रहेका सोल्टीको “भट्टिको शराब साहुनी, रैछ नि खराब” बोलको गीतको म्युजिक भिडियो १७ लाख बढी युट्यूबमा भ्युज भएको थियो ।

यो गीत कान्तिपुर मिडियाको साप्ताहिक पत्रिकाको युट्युब भ्युज स्तम्भमा समेत एक नंम्बरमा परेको थियो ।

यहि गीतलाई स्थानीय एरिना टेलिभिजनमा जिल्ला प्रशासन कार्यालयका प्रमुखले प्रसारणमा रोक लगाएको खबर थियो ।

तर, “भट्टिको शराब” बोलका गीतका कारण नभई सोल्टीको अर्काे गीत “टपरीमा मासु र कोधोको झोल”का कारण चै उनी प्रहरीबाट पक्राउ पर्ने सक्ने हल्ला चलेको हो ।

पछिल्लो पटक “हामी यस्तै त हो नि ब्रो‘’ बोलको गीतमा प्रयोग भएका शब्द र सामाजिक सञ्जाल फेसबुकमा राखिएको तस्वीरले गर्दा महानगरीय प्रहरी परिसर, ललितपुरले समिर घिसिङ ‘भिटेन’लाई पक्राउ गरेको थियो ।

अर्का गायक र्दुर्गेश थापालाई पनि गीतकै कारण प्रहरीले पक्राउ गरेको थियो ।

सोल्टीको नयाँ कमेडी प्यारोडी गीतमा सामाजिक विकृतीमाथि प्रहार गरिएको छ ।

डम्बर लिम्बुको संगीत संयोजन रहेको गीतमा शब्द, संगीत तथा स्वर स्वंयम सोल्टीको छ ।

उनले गीत शुरु हुनुअघि नै यो गीत केवल मनोरन्जनको लागि मात्र भएको र पचाएर हाँस्न अनुरोध गरेका छन् ।

“तर, गीतले यदि सामाजिक सद्भावमा असर पुराउछ भन्ने लाग्यो भने म युट्यूबबाट हटाउन तयार छु ।”, सोल्टी स्पष्ट पारेका छन् ।

प्रहरीले हालसम्म यस गीत बारे कुनै प्रतिक्रिया जनाएका छैनन् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu