कार्तिकमा धरानमा अन्तरराष्ट्रिय चलचित्र महोत्सव हुने

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार

विजय सुब्बाको संयोजकत्वमा चलचित्र छनौंट तथा महोत्सव व्यवस्थापन समिति गठन

प्रदेश १ मा आगामी कार्तिक २१ ग्तेदेखि २४ गतेसम्म अन्तरराष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । सोको निम्ति चलचित्र छनौंट तथा महोत्सव व्यवस्थापन समिति आज गठन गरिएको छ ।

प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको अध्यक्षतमा भएको भेलाले विजय सुब्बाको संयोजकत्वमा चलचित्र छनौंट तथा महोत्सव व्यवस्थापन समिति गठन भएको छ ।

चलचित्र निर्देशक तथा चलचित्रकर्मी महासंघको अध्यक्ष अरुण प्रधान सदस्य सचिव रहेको समितिमा सुबास थापा, हिमाल दाहाल, बिनोद दर्नाल, मनीता तामाङ, दिनेश कोईराला, प्रकाश सुब्बा, सन्तोष सरदार, पर्शुराम चौंधरी, विनोद पोमो, सुरेन भुजेल र रविन श्रेष्ठ छन् ।

भेला १ नंम्बर प्रदेश चलचित्र महोत्सव सचिवालय, धरानमा उद्योग वाणीज्य संघ, सुनसरीको कार्यालयमा विभिन्न चलचित्रकर्मी, नाट्यकर्मी तथा कलाकारहरुको भेला भएका थिए ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu