मलाईलाई कुटेको देखेर आमा नै वेहोस हुनुभयो, अब राजेश पायललाई मुद्दा हाल्छु (भिडियो)

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार

नेपाली सिने क्षेत्रका एउटा मुर्धन्ने कलाकार मुरलीधर सिने क्षेत्रमा बहुचर्चित अनुहार ,दुई दर्जन भन्दा वढि नेपाली सिनेमामा खलपात्रको मुख्य अभियनगरी सकेका मुरलीधरको पहिलो नेपाली चलचित्र सम्झना हो ।

सम्झनावाट नेपाली सिने क्षेत्रमा डेव्यु गरेका मुरलीधरले त्यसयता पछाडी फर्केर हेर्नुपरेको छैन । नेपाली सहित मैथिलि फिल्ममा अभिनय गरेका मुरलीधर पछिलो समय भारतमा वस्दै आएका छन ।

स्वदेश नेपाल संगको कुराकानिमा उनले पारीवारीक कारणले भारतमा वसाई भएपनी बरोबर रुपमा नेपाल आउने जाने भईरहेको वताए । सांगितिक क्षेत्र गायनमा समेत दख्खल राख्ने मुरलीधरको भारत वाट नेपाल आवगमनले अहिले सांगितिक क्षेत्रमा हलचल ल्याएको छ ।

निष्ठुरीलाई माया गरी आफैलाई रोगी वनाए वोलको गित आफ्नो विना अनुमति राजेश पायल राईले रेकर्ड गराएको भन्दै मुरलीधरले अदालत सम्म जाने चेतावनी दिएका छन । आफ्नो रचना र सिर्जना माथि प्रहार भएको भन्दै मुरलीधरले राजेश पाएललाई कपि राईटको मुद्धा लगाउने तयारी गरेका छन् ।

अन्तवार्ताको क्रममा तपाईको अभिनयलाई देखेर घर परिवारको प्रतिक्रिया कस्तो आउछनी भन्ने प्रश्नमा मुलरीधरले , आफ्नो चलचित्र हेरेर आमा बेहोस भएको तथा सिनेमा हलभित्रै सासु चिच्याएको घट्ना समेत सुनाए ।

फिल्ममा हिरोले आफुलाई कुटेको देखेर आमा वेहोस हुनु भएको र आगामी दिनमा चलचित्र नखेल्न आमाले अनुरोध पत्र चिठि लेख्नुभएको मुरलीधरले सम्झिए । आफु पैसाको लागी मात्रै रोल नगर्ने भन्दै उनले कथा, सिनेमाको हिरो र भिलेन विचको तादम्यता मिल्नुपर्ने वताए ।

मुरलीधरले सिनेमामा रितिरिवाज धर्म संस्कृति र रहन सहनको प्रवद्र्धन हुने खालका नेपाली सिनेमा बन्नुपर्नेमा जोड दिए ।

भिडियो

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu