भ्रमित नभई कार्तिक १२ गते मङ्गलबार भाईटिका लगाउ , अध्यक्ष प्रा.डा.रामचन्द्र गौतम ( भिडियो सहित)

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलवार

काठमाडौँ । नेपाल पंचांग निर्णायक समितिले यस वर्षको भाईटिकाको साहित सार्वजनिक गरेको छ । नेपाली हरुको दोस्रो ठुलो माहान चाड तिहारको भाईटिकाको उतम साईत कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ मिनेटमा रहेको नेपाल पंचांग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा.रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

भाईटिका तथा महपुजाको विषयमा कार्तिक १२ की १३ भनेर मत बाझिरहेको बेला समितिले साहित सार्वजनिक गरेको हो ।अध्यक्ष गौतमले स्वदेश नेपाल संगको कुराकानिमा कार्तिक १३ भाईपुजाको साहित हुनै नसक्ने भन्दै यसमा राय वझाई रहनु आवश्यक नपर्ने धारणा व्यक्त गर्नुभयो ।

शास्त्रलाई टेकेर निर्णय लिईएको भन्दै उहाले भ्रमित नभई ढुक्क संग कार्तिक १२ गते भाई पुजागर्न आह्वान गर्नुभएको छ । दशै तिहार जस्ता चाडपर्व हिन्दुको मात्र नभई नेपाली हरुको महान चाड भएकाले यसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन गौतमले आग्रह गर्नुभएको छ ।

कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन ।

यस वर्ष यमपञ्चक कात्तिक ८ गते शुक्रबारदेखि शुरु हुने पनि वताईएको छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । कात्तिक ९ गते शनिबार काग तिहार परेको छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि यसै दिन परेको छ ।

कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । बिहान ११ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैशी तिथि लाग्ने भएकाले शास्त्र सम्मत स्वरूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताउनुभयो ।

गाई, गोरु र आत्म(म्ह) पूजा भने कात्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । ११ गते बिहान ९ ः ४३ बजेसम्म औँसी तिथि पर्दछ । त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म(म्ह) पूजा यसै दिन गर्नुपर्ने हुन्छ ।

कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल सम्वत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले वताउनुभयो । यसै दिनदेखि नेपाल संवत् ११४० शुरु हुन्छ ।

भिडियो

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu