सुनको मूल्य २ सय रुपैयाँ घटेर तोलामा ७० हजार २ सयमा कारोबार

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलवार

काठमाडौं । केही दिनदेखि यता लगातार सुनको मूल्य ओरालो लागिरहेको छ। सोमबार स्थीर रहेको सुनको मूल्य मंगलबार २ सय रुपैयाँ घटेर तोलामा ७० हजार २ सयमा कारोबार भइरहेको छ। तेजाबी सुन ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदी भने तोलामा ८ सय ५० कारोबार भइरहेको छ । त्यसैगरी, आइतबार र सोमबार ७० हजार ४ सयमा कारोबार भएको छापावाल सुन र ७० हजार १ सय रुपैयाँमा तेजाबी सुन कारोबार भएको थियो।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu