राप्रपा संयुक्तका बरिष्ठनेता बस्नेत भन्छन, हिन्दुराष्ट्र र राजा अहिलेको आवश्यकता हो ( भिडियो सहित )

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार

काठमाडौँ। राप्रपा संयुक्तका वरिष्ठ नेता हरी बहादुर वस्नेत पुराना पुस्ताका नेता हुन । पंचायत बहुदल र गणतन्त्रका साक्षि वस्नेत राजाको पालामा पटक–पटक मन्त्रि भए ।

महेन्द्र देखि ज्ञानेन्द्रको समेत संगत गर्न भ्याएका उनि राजनितिक बाट अलि फुर्सदिलो देखिएपनी बिट भने मारि नसकेको वताउछन । गृहजिल्ला उदयपुर भएका वस्नेत २०७० सालको निर्वाचनमा पराजय भएसंगै जिल्लामा उपस्थिति शुन्य प्राय र गुम्नाम जस्तै देखिन्छन ।

उमेरले ७९ वर्षिय वस्नेत अहिले पनि चर्को र टड्कारो स्वरमा प्रस्तुत हुन्छन । उमेर अलि पाको भएपनी समयको माग भए चुनाव लड्ने इच्छा शक्ति भने कायम रहेको उनको भनाई छ ।

मलेसियमा ९३ वर्षिय प्रधानमन्त्रि रहेको उदाहरण दिदै वस्नेतले मुलुकलाई हाकेर हिड्न सक्ने मान्छेको आवश्यकता रहेको खाचौ औल्याए । राजा प्रति इंगित गर्दै बस्नेतले प्रजातन्त्रमा राजा नअटाएको का छ भनि प्रतिप्रश्न गर्न भ्याए ।

राजनितिक दलवाट चुनिएको मान्छे पक्षकारी हुने भन्दै वस्नेतले मुलुकमा साझा मान्छेको आवश्यकता रहेको वताए । स्वदेश नेपाल संगको कुराकानिमा वस्नेतले भागवण्डाको राजनिति आफुहरुको लागि मान्य नहुने जिकिर गरे।

मुलुकमा सनातन हिन्दु राज्य कायम हुनु पर्ने भन्दै सिमित व्यक्ति र दलको गतिविधिले प्रजातन्त्र खतरामा परेको उनले चिन्ता व्यक्त गरे ।चुनाव जित्न एनेकन हत्कण्डा अपनाईने भन्दै उनले त्यो प्रक्रिया सच्चिनु पर्ने धारणा व्यक्त गरे ।

व्यक्तिगत रुपमा आफु उदयपुरे जनता संग परिचित रहेको वताउने वस्नेत जनताले पनी आफ्नो आवश्यकता महशुस गर्नुपर्ने तर्क गर्छन ।
उमेर ढल्केपनी अझै केहि सांसद र मन्त्रिको तुलनामा काम गर्न सक्ने ल्याकत भएको दावि गर्ने वस्नेतले गृहजिल्लामा विकास भने खासै गरेको पाईदैन।

भिडियो

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu