तीनदिने अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन आजदेखि काठमाडाैँमा हुँदै

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार

काठमाण्डौ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र राष्ट्रिय युवा परिषद नेपालको संयुक्त पहलमा काठमाडौँमा सोमबार (आज)देखि तीनदिने अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुँदैछ ।

‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराको साथ विदेशमा रहेका २० देशबाट कार्यक्रममा युवा वैज्ञानिकले भाग लिने भएका छन् ।

विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा लागेका युवाहरुमा भएको ज्ञान, अनुभव, सीप र क्षमताको आदनप्रदान गर्न करिब तीन सय स्वदेश तथा विदेशमा रहेका युवा वैज्ञानिकले सम्मेलनमा भाग लिने बताइएको छ ।

सम्मेलनमा उपस्थित युवा वैज्ञानिकले १८ वटा मुख्य विषयमा आफ्नो भनाइ राख्ने, लगभग १ सय ५० विषयमा कार्यपत्र प्रस्तुत गर्नेलगायत विज्ञान, प्रविधिक विषयक १० वटा प्रदर्शनी कक्ष रहनेछ ।

नाष्टका अनुसार सो सम्मेलन छलफलहरु हुने समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन, संस्थागत सुधार, विज्ञानमा लगानी, पूर्वाधार विकास, सुरक्षाको लागि विज्ञान तथा विज्ञान, प्रविधि र नवप्रवर्तनमा युवाको सहभागिता, विज्ञानमा कूटनीतिक प्रयोग, विज्ञान, प्रविधि र नवप्रवर्तनको नीति निर्माण, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि शैक्षिकलगायत विषयमा हुने जनाइएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu