कांग्रेस काम गर्ने नेकपा मैले गरेको भन्दै न्वारन गर्दै हिड्ने : नेता खतीवडा

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका युवा तथा प्रखर नेता रामहरी खतिवडा कांग्रेस पार्टिमा प्रस्ट वक्ताको रुपमा चिनिएको नाम हो । गुण र दोसको आधारमा विरोध र समर्थन गर्ने खतिवडाको शैलि खरो वक्ताको रुपमा पनि परिचित छ ।

कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको संगतबाट राजनीति थालेको बताउँने खतिवडा ०४८ सालमा वलवहादुर राई मन्त्री बन्दा स्वकीय सचिव थिए । त्यसयता उनी जिल्लाबाट लगातार महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहँदै आए ।

सांसद नहुँदा पनि चर्चामा रहिरहने खतिवडा युवाहरुबीच लोकप्रिय नेताकारुपमा स्थापित छन् । ०७० सालको संविधानसभा निर्वाचनमा ओखलढुंगा २ बाट एमालेका नानीबाबु बुढाथोकीलाई करीव ५ हजार मतान्तरमा पराजित गर्दै खतिवडा निर्वा्चित भएका थिए । सभाषद भएपछि खतिवडाले सदनमा धेरै पटक बोल्ने र गृह जिल्ला पुग्ने रेकर्ड बनाए ।

जनताको घर दैलोमा पटक–पटक पुगेर गुनासो सम्वोधन गरेका खतिवडा २०७४ सालको सांसद निर्वाचनमा भने पराजित भए । वामगठवन्धनका उम्मेदवार यज्ञराज सुनुवार संग करिव ३ हजार पाँच सय मत अन्तरले खतिवडा पराजित भएका हुन् ।

ओखलढुङगा स्थाई घर भएका कांग्रेस नेता खतिवडाले स्नातकोर सम्मको अध्यन गरेका छन ।कांग्रेसको राजनितमा सक्रिय नेता खतिवडाले कांग्रेस कमजोर हुँदा राष्ट्रियता,मिडिया, कानुन, लोकतन्त्र र बौदिक बर्ग सवै कमजोर हुने रहेछन भन्ने पाठ सिकेको उल्लेख गरे ।

स्वदेश नेपाल संगको कुराकानीमा प्रतिपक्ष दलका नेता खतिवडाले मोदिको कुर्ता लाएर प्रधानमन्त्रि केपि शर्मा ओलिले राष्ट्रियताको ढोल पिट्नुमा तुक नभएको जिकिर गरे ।

नेता खतिवडाले कांग्रेसले वनाएको संरचनामा नेकपाले न्वारान गरेको भन्दै हामिले गर्यौ भनेर जनतालाई भ्रममा नर्पान आग्रह गरे ।
खतिवडाले दुई तिहाईएको सरकार भएको भन्दै जनताको काम गर्न सरकारलाई कसले रोकेको छ भनि प्रश्न समेत गरे ?

अर्को एक रमाईलो प्रसङमा नेता खतिवडाले आफ्नो पक्षवाट आफु बिवाहको लागि तयार भई सकेको र केटी तयार भएपछि आफ्नो पुरा बिवाह हुने वताए। पछिलो समय मिडियामा कोमल वली संग रामहरीको बिवाह चर्चा भन्नेकुरा हल्लामात्र भएको उनको भनाइ थियो।

बिवाहका लागि आफु तयार भएको र त्यो एकपक्षिय आदि बिवाह हुने तथा केटि तयार भएपछि पुरा बिवाह हुने खतिवडाको भनाइ छ।

( भिडियो सहित)

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu