सलोम नेपाल मुभमेन्टद्वारा मानब कल्याण समाज भक्तपुरलाई १ लाख ३५ हजार सहयोग प्रदान

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलवार

यहि अक्टोबर २५ तारिखको दिन सलोम नेपाल मुभमेन्टले राष्ट्रिय पर्व तिहार, म्ह: पुजा , नेपाल सम्बत , छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राख्नुको साथै नेपाल भ्रमण बर्ष २०२० लाई प्रबर्दन गर्नको लागि इजरायलको तेल अभिबमा एक कार्यक्रम आयोजना गर्दैछ ।

संस्थाद्वारा जारि प्रेस विज्ञप्तिमा उक्त दिन इजरायलमा भएका सबै नेपाली लगायत नेपाली संघ संस्थालाई उपस्थित हुन् अनुरोध गरिएको छ ।

यस्तै केहि समय अघि सलोम नेपाल मुभमेन्ट सोसाईटीद्वारा मानब कल्याण समाज भक्तपुरलाई १ लाख ३५ हजार सहयोग हस्तान्तरण गरिएको छ ।

सलोम नेपाल मुभमेन्ट सोसाईटीका संस्थापक सदस्य कमला राईको अध्यक्षतामा सम्पन्न बिजया दशमी शुभकामना आदानप्रदान तथा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि पुर्व उद्योगमन्त्री एवं भक्तपुर क्षेत्र नम्वर २ प्रतिनिधी सभा सद्स्य, महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठ, लामीडाँडाँ बहुउद्देश्य कृषक समूहका अध्यक्ष नारायणप्रसाद धिमाल, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, स्थानीय नेता तथा समाजसेबी रामेश्व थापा, अर्जुन कट्वाल लगायतका अतिथिका रुपमा रहेका थिए ।

कार्यक्रममा मानब कल्याण समाज भक्तपुरकी सन्चालिका सुमित्रा चौलागाईलाई सहयोग हस्तान्तरण गरिएको हो ।

मानव कल्याण समाज भक्तपुरद्वारा सडकमा बेसहारा र अलपत्र अशक्त असहाय बेबारीसे, मनोरोगी मानीसहरुको गाँस, बास र कपास औषधीको व्यवस्था गर्दै आएको करिव ६० जना महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुको सेवा गरिरहेको मानव कल्याण समाजले हरेक हप्तामा दुई दिन मन्दिर तथा पाटिहरुमा गएर सडक मानवको अवस्था अवलोकन गर्ने गरेको छ ।

कार्यक्रममा सहयोग गर्ने बयक्तिहरुको नामावलि यस प्रकार रहेको छ :- १) बिशा गुरुङ रु १००००, २)मनोज लामा रु ३०००, ३ )माधब सुबेदी रु ५०००, ४)हेमा पाण्डे रु१५००, ५)हर्क जिरेल रु ३०००, ६)तिर्थ गौतम १००nis, ७)सीता कोइराला १००nis, ८)शिराज खड्का १००nis, ९) लक्ष्मी भट्टरा १००nis, १०)गीता सुबेदी १००nis, ११)पार्वती केसी १००nis, १२)नरेन्द्र लामीछाने १००nis, १३)अनिता तामाङ१००nis, १४)मिना चुडाल १००nis, १५)लकी शर्मा १००nis, १६)बालकृष्ण सुबेदी १००nis, १७)ज्योति शर्मा १००nis, १८)पासिमा शेर्पा १००nis, १९)पासांग तामाङ १००nis, २०)सम्झना दुबे १००nis, २१)गोमा फुयाल १००nis, २२)कृति थापा १००nis, २३)कमला पन्त सुबेदी १००nis, २४)आशा बस्नेत १००nis , २५)कल्पना ढकाल ५१nis, २६)संजना शर्मा ५०nis, २७)अली महमत dxn ५०nis, २८)दलबहादुर तामाङ १००nis, २९) चन्द्रकला कोहि राई १००nis, ३०)कविता श्रेष्ठ १५०nis, ३१)किसन केसी (क्रिस्ट )१००nis, ३२)सरु राई १००nis, ३३)इबा कार्की १००nis, ३४)पेमा राई १००nis, ३५) निर्मला लामा २०५nis, ३६)नबराज क्षेत्री १०५ nis, ३७)पायल कटुवाल १००nis, ३८)अन तिमल्सिना १००nis, ३९)जय प्रसाद वोडारी १००nis, ४०) भैरब खडका १००nis, ४१ )समिर प्रधान १००nis, ४२)कृष्ण रायमाझी १००nis, ४३)हरीष खरेल ५०nis ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu