आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा ६० लाख मानिसमा मानसिक समस्या

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार

काठमाडौं । आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न सचेतनाका कार्यक्रम गरि यो दिवस मनाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसै दिवसको अवसरमा सचेतना कार्यक्रमका लागि भन्दै लाखौं खर्च पनि गर्छ । सरकारले दिवसका दिन लाखौं खर्च गरेपनि मानसिक रोग विशेषज्ञहरू भने मानसिक स्वास्थ्यलाई सरकारले नै बुझ्न नसकेको बताउँछन् ।

त्रिवि शिक्षण (टिचिङ) अस्पतालका मानसिक रोग सेवा विभागका प्रमुख डा सरोज वझाले सरकारले मानसिक रोगलाइ बुझ्न नसक्दा र सचेतनाको कमीले मानसिक रोगका विरामीहरू उपचार सेवा पाउनबाट वञ्चित भएको बताउनु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक ४ जनामध्ये एक जनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या छ ।

नेपालमा मानसिक रोगका बिरामी कति छन् भन्ने आधिकारीक तथ्यांक छैन । स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१८ देखि जनसंख्याको आधारमा मानसिक रोगका बिरामीको तथ्यांक संकलन गर्न शुरू गरेपनि सो अनुसन्धानले अझै तथ्यांक सार्वजनिक गर्न सकेको छैन ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu