सी भ्रमणबारे प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्रीहरुबिच बालुवाटारमा छलफल जारी

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरूसँग छलफल गरिरहनुभएको छ ।

चिनियाँ राष्ट्रपतिको तर्फबाट २३ वर्षपछि हुन लागेको यो भ्रमणमा प्रभावकारी बनाउनको लागि आवश्य एजेण्डामा छलफल गर्न बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी हुनुहन्छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu