झापा र इलाममा पानीमा डुबेर दुई बालिकाको मृत्यु

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार

झापा । पानीमा डुबेर झापा र इलाममा दुई जना बालिकाको मृत्यु भएको छ। प्रहरी कार्यालय झापाका अनुसार झापाको शिवसताक्षी नगरपालिका १ बस्ने नरनाथ राईको ४ वर्षीया छोरी खानुमा राई पोखरीमा डुबेर मृत्यु भएको छ।

आँगनमा खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबिरहेको अवस्थामा आफन्तजनले देखेपछि तत्काल बालिका राईलाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। उनको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा बुधवार दिउँसो मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए।

उता इलामको माई नगरपालिका ५ रमिते बस्ने जीवन मगरको १८ महिने छोरी जमुना मगरको बाल्टिनमा राखेको पानीमा डुबेर मृत्यु भएको छ। जमुना खेल्ने क्रममा आफ्नै आँगनमा राखिएको बाल्टिनको पानीमा डुबेर घाइते भएकी थिइन। उनलाई उपचारका लागि बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu