विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा आज नेपाल र अष्ट्रेलिया खेल्दै

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार

काठमाडौं । विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपालको राष्ट्रिय फुटबल टिमले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । अष्ट्रेलियाको जियो स्टेडियम क्यानबेरामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।

विश्वकप फुटबलमा लगातार सहभागीता जनाउँदै आएको अष्ट्रेलियासँग नेपाली फुटबल टिमले छनोटको तेस्रो खेल खेल्न लागेको हो ।

अष्ट्रेलिया वरियताको ४४ औं स्थानमा छ भने नेपाल १ सय ६१ आंै स्थानमा छ । युरोपेली क्लब फुटबलका शीर्ष डिभिजनको लिगमा अभ्यस्त खेलाडी सहित मैदान उत्रन लागेको घरेलु टोली अष्ट्रेलिया नेपालमाथि धेरै गोल गर्ने लक्ष्य सहित मैदान उत्रने छ ।

छनोटको तयारीका लागि नेपाली टिम हप्ता दिन अघिनै सिड्नी पुगेको थियो । यसअघि नेपालले कुवेत र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गरेको थियो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu